नगरपालिका भित्रका ६वटा विद्यालयमा पिसिआर परिक्षण गर्दा ३६जना सङ्क्रमण ,एक विधालयको रिपोर्ट आउन वाकि

गणेश रावत,

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जुम्लाले कोरोना पि.सि.आर परीक्षण गरेको छ । नगरपालिका भित्र रहेका बिधार्थी, शिक्षक लाई पि.सि. आर परिक्षण गरेको स्वास्थ्य शाखा नीरिक्षेक क्षेत्र वहादुर महतले जानकारी । परिक्षण गर्दा ३६जनामा कोरोना पोजेटिभ भयको महतले जानकारी दिनुभयो। चन्दननाथ नमुना मा.बि मा आरडिटी विधिबाट ३९र पि.सि.आरय ४६ जना परिक्षण गर्दा १०जनामा कोरोना पोजेटिभ देखिएको महतले वताउनु भयो।

त्यस्तै कर्णाली मा.बि अनाम नगरमा ७जना,मालिका आधारभुत आर्चाबाडामा ७जना ,ज्ञानकुञ्ज मा.बि मा ८जना,कनिका निसा बोडिङ १जना,राजिकोट कृषि अनुसंधान ३ जाना गरी जम्मा ३६ जनामा पोजेटिभ देखाएको महतले जानकारी दिनुभयो । रत्नचुडेस्वर म्.बि को भने रिपोट आउन बाँकी रहेको उनले बताएका छन् । नगरपालिका भित्र कोरोना संक्रमण फैलावटको जानकारी लिन परिक्षण गरेको महतले जानकारी दिनुभयो ।

उहाँकाअनुसार कोविड १९संक्रमणको जोखीम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धि कार्यविधि २०७८लाई सयोग गर्न नगरपालिका भित्र कोरोना पि.सि.आर परिक्षण गरेको महतले वताउनु भयो । अहिले कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाको सुचना नआउन्जेल सम्म विधालय बन्द गरीने चन्दननाथ नमुना माध्यमिक विद्यालय का प्रधानाध्यापक टंक बहादुर महतले वताउनु भयो।

सम्बन्धित शीर्षक