दैलेखकी १९ वर्षीया किशोरी बनिन् काँग्रेस वडा सभापति

स्वस्तिका महत यतिबेला नेपाली राजनीतिको कान्छी राजनीतिज्ञका रुपमा चर्चामा आएकी छन् । दुल्लु नगरपालिका –३ पालिकी उनी सभापति बनेसँगै सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ ।

उनी दैलेखका स्वर्गीय नेता भुपेन्द्रजङ्ग महतकी छोरी हुन् । बाबाको मृत्युपछि आफूलाई बाबाकै सपना पुरा गर्ने मार्ग सम्हालेकी ती किशोरीको ईच्छाशक्ति र लिएको जिम्मेवारीले सबैलाई सोचमग्न, आकर्षित र चकित तुल्याएको छ । किनकी नेपाली राजनीतिको ईतिहास अँझ भनौ महिला ईतिहासमा यो एउटा पृथक र साहसिक कार्य हो ।

वडा तहका अधिकांश नेतृत्वमा ४० नाघेका व्यक्तिहरुको वर्चश्व भइरहेका बेला उनको भने निकै प्रशंसा भइरहेको छ । काँग्रेसको १४औं महाधिवेशनले देशभरकै राजनीतिक माहौल तातिरहेको बेला २० वर्षीय किशोरीले अवलम्बन गरेको मार्गले नयाँ पुस्तालाई उत्प्रेरणा जगाएको छ ।

माध्यमिक शिक्षा परीक्षासम्म अध्ययन गरेकी उनलाई अहिले देशभरिबाटै बधाई तथा शुभकामनाको ओईरो आईरहेको छ । पार्टी सचिव भुपेन्द्र शाही, सभापति कृष्ण बिसीले फोन गरेर बधाई तथा शुभकामना दिएसँगै सामाजिक सञ्जाल फेसबुकमा पनि टन्नै बधाई आएको उनी बताउँछिन् ।

शुरुमै धेरै जना प्रतिस्पर्धी भएपनि पछि आफूलाई सहमतिमा सभापतिको जिम्मेवारी दिएको उनले बताईन् । दुल्लु नगरपालिका –३ को सम्पूर्ण पार्टी समिति र पार्टीका समितिहरुलाई क्रियाशील बनाउँछै सबैलाई एकजुट एवं एक ढिक्काका साथ अघि बढाउने चाहानाका साथ अघि बढेको उनले जनाएकी छन् ।

 

 

 

सम्बन्धित शीर्षक