एमसीसीले नेपाललाई कंगाल बनाउँछ : नेता वास्तोला

बिप्लव नेकपाका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र वास्तोलाले अमेरिकाले नेपालमा एमसीसी पारीत गर्न लगाएर भारत र चीनलाई धुजाधुजा बनाउन नेपाललाई आधार क्षेत्रका रुपमा प्रयोग गर्न थालेका बताएका छन । उनले एमसीसीले नेपाललाई कंगाल बनाउने बताए । पार्टी कार्यकर्ता प्रशिक्षणका क्रममा जुम्ला पुगेका नेता वास्तोलाले पत्रकार संगको भेटघाटमा अमेरिकाले एमसीसी मार्फत नेपाललाई अफगानिस्तानकै मार्गमा लिन खोजेको बताए ।
उनले भने,‘अहिले अफगानिस्तानमा जुन प्रकारको विद्रोह छ । हिंसा छ । आतंक फैलिएको छ । अमेरिकाले नेपाललाई एमसीसीका माध्यमबाट ठिक त्यही गर्न चाहेको छ । सबै मिलेर एमसीसी लागु गर्न दिनु हुदैन । यो नेपालको हितमा पनि छैन । ’
अमेरिका एमसीसी मार्फत नेपाललाई फिरन्ते बनाउन चाहन्छ । हत्या हिंसा,अशान्तिको बीउ रोपेर देश संकटमा पार्न खोज्दैछ, उनले भने,‘एमसीसी डेन्जर प्रकारले नेपालमा लागु गर्न खोजिदैछ । यो हाम्रो पार्टीको लागि स्वीकार्य हुदैन । समग्र नेपाली जनता एमसीसीको विरुद्ध छन । ’
उनले एमसीसीका पछाडी दुर्भाग्यका संकेतहरु देखिन थालेको बताए । नेपालमा विदेशीको प्रभुत्व छ । अमेरिकाको एमसीसी छ । भारत त्यसैको पछाडी दौडिएको छ । नेपाललाई आधारभुमि बनाएर छिमेकीका शक्तिशाली देशलाई टुक्राटुक्रा बनाउने रणनीति अमेरिकाको छ ।
नेता बास्तोलाले भने,‘एमसीसी सहजै रुपमा पारीत होला भन्ने लाग्दैन । एक दुई जना एमसीसीको पक्षमा लाग्दैमा सबैलाई मान्य पनि हुदैन । उनले भने,’‘सिंगो देश एकातिर छ । एमसीसी पारीत भएको खण्डमा देशमा ठुलो क्रान्ति हुने देखिन्छ । त्यो नै जनक्रान्ति हुनेछ । ’
एमसीसी सामुहिक हीत र स्वार्थको लागि भन्दा पनि व्यक्तिगत फाइदाका लागि लागु गर्न खोजिएको भन्दै कुनै पनि हालतमा एमसीसी लागु हुन नसक्ने ठोकुवा गरे ।
उनले सरकार संग भएको तीन बुदे सहमति कार्यन्वयन हुनु पर्नेमा जोड दिए । शान्ति प्रक्रियामा आउँदा भएका सहमति कार्यन्वयन गरेर कैदीलाइ रिहाइ गर्न माग गरे । सरकारले सहमतिलाई कार्यन्वयन गर्नुपर्छ । यो सहमति गोप्य होइन । सबैलाई साछी राखेर गरेको सहमति भएकोले कार्यन्वयन नगरि सुख हुदैन । उनले भ्रष्टचार, वेतिथी,अनियमितता, विकृति,विसंगति अन्त्यका बिषयमा सरकार संग सहकार्य हुनसक्ने बताए । जुम्लामा रहँदा नेता बास्तोलाले नेपालको राजनीति समस्या र समाधान बिषयक अन्तरक्रिया कार्यक्रम गर्नेछन ।

सम्बन्धित शीर्षक