सल्यानमा बस दुर्घटनामा १५ जना घाईते

सुर्खेत । सल्यानमा भएको बस दुर्घटनामा १५ जना घाइते भएका छन् । दाङबाट रुकुमपश्चिमका लागि छुटेको रा १ ख १७९२ नम्बरको बस राप्ती लोकमार्गको कपुरकोट गाउँपालिका–३जमपानीमा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका १५ मध्य एक जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरीक कार्यालय सल्यानका प्रवक्ता कमल आचार्यले जानकारी दिए ।

टाउकोमा चोट लागेको व्यक्ति मुसीकोट नगरपालिका–४ रुकुमपश्चिमका ७२ वर्षीय मोहनसिंह पुन छन् । घाइतेहरुको उद्दार गरेर उपचारका लागि दाङ पठाइएको प्रवक्ता आचार्यको भनाई छ । बस अनियन्त्रित भएर भित्तामा ठोकिएको प्रारम्भीक अनुसन्धानबाट खुलेपनि दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षक