गोलीसहित कटुवा बोकेका एक जना सल्यानमा पक्राउ

  ।   १७ भाद्र २०७८, बिहीबार १७:०४

सल्यान : सल्यानमा कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जाजरकोट नलगाड नगरपालिका–४ का २८ वर्षीय गणेश रावल कटुवा र गोलीसहित पक्राउ परेका हुन् ।

भारतीय नम्बर प्लेटको सी एच ०१ बी पी २१९४ नम्बरको मोटरसाइकलको सिटमुनि लुकाएर राखेको कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित उनलाई सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ सल्लीबजारमा सल्यान प्रहरीले बुधबार बिहान १० बजे पक्राउ गरेको हो।

पश्चिम सल्यानको इलाका प्रहरी कार्यालय सल्लीबजारको चेक पोइन्टमा जाँचका लागि उनले मोटरसाइकल नरोकी भागेका थिए। चेकपोस्टमा भारतीय नम्बर प्लेटको मोटरसाइकल रोक्न खोज्दा भागेपछि प्रहरीले उनको पिछा गरी एक किलोमिटर पर सल्लीबजारको माथिल्लो मोडबाट पक्राउ गरेको थियो।

उनलाई इलाका प्रहरी कार्यालय सल्लीबजारले जिल्ला प्रहरी कार्यालय सल्यान पठाएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले रावललाई सल्यान ल्याएको बताए।

Next Post

पहिरोले उर्थु–पटमारा सडक खण्ड अबरुद्धःस्थानीयलाइ सास्ती

१७ भाद्र २०७८, बिहीबार १७:०४
जुम्ला हुँदै मुगु राराताल जोड्ने छोटो मार्ग (उर्थु पटमारा) सडक खण्ड अबरुद्द भएको छ । लगातार भएको अविरल वर्षाका कारण पहिरो आउँदा सडक अबरुद्द भएको हो । जुम्ला उर्थु पटमारा,न्याउरीघाट,बुलबुलै हुँदै मुगु जिल्ला जोड्ने सडक पहिरोले अबरुद्द हुँदा स्थानीय नागरिक संगै पर्यटकहरुले सास्ती पाएका छन् । नाग्म गमगडी सडक भन्दा […]