विष्णु माझीको ‘चरी जेलैमा’ १३ दिनमा एक करोड भ्यूअर्स

गायिका विष्णु माझीको तीज गीत ‘चरी जेलैमा’ले नेपाली गीत संगीत क्षेत्रमा नयाँ इतिहास निर्माण गरेको छ । नेपाली गीत मध्येमा माझीको स्वरमा गाईएको ‘चरी जेलैमा’ गीतले युट्युबमा सबैभन्दा छिटो एक करोड भ्यूअर्स पार गरेको छ । भाद्र २ गते अर्थात अगष्ट १८ मा रिलिज भएको यो गीतले १३ दिनमा अगष्ट ३१ (भाद्र १५) गतेमा आईपुग्दा एक करोड अर्थात १० मिलियन भन्दा बढीको भ्यूअर्स पार भएको छ ।

यसअघि पल शाह र मलिका महतद्धारा अभिनित टाढा भएु पनि गीतले युट्युबमा सबैभन्दा छिटो करोड भ्यूअर्सको रेकर्ड बनाएको थियो । सो गीतको भिडियोले १५ दिनमा एक करोड भ्यूज पार गरेको थियो। त्यस्तै, पल र मलिकाद्धारा अभिनित फूलबुट्टे सारीले प्रकाश सपुतको गलबन्दीसँग करोड पुग्ने म्युजिक भिडियोसँग बराबरी गरेको थियो। ती दुवै गीतले १८ दिनमा करोड भ्यूज पार गरेको रेकर्ड राखेको थियो ।

सम्बन्धित शीर्षक