१४ वर्ष पछि पक्राउ परे गैडाको खाग तस्करी

  ।   १४ भाद्र २०७८, सोमबार १७:१३

 बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा संरक्षित वन्यजन्तु गैंडा मारी खाग ओसारपसार तथा खरिद बिक्री कसुरमा संलग्न भई फरार रहेका एक युवकलाई बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुद्वाराले पक्राउ गरेको छ।

साविक बर्दिया गोला ४ हाल राजापुर नगरपालिका वार्ड नं. १ बस्ने रामफल सोनाहलाई बर्दिया राष्ट्रिय निकुञ्जबाट खटिएको एक विशेष टोलीले  प्रकाउ गरेको हो।

नेपाल सरकार द्वारा संरक्षित वन्यजन्तु भित्र पर्ने गैंडा मारी खाग ओसारसार तथा खरिद बिक्रीमा संलग्न भई २०६५ साल देखि फरार रहेका सोनाहलाई निकुञ्जको विशेष टोलीले पक्राउ गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले जानकारी दिए ।

Next Post

नेपाली भाषाको पहिलो शिलालेख गाई, गोरु र बाख्रा बाँध्ने थलो बन्यो

१४ भाद्र २०७८, सोमबार १७:१३
दैलेख । दैलेखको दुल्लु नगरपालिकामा रहेको नेपाली भाषाको पहिलो शिलालेख कीर्तिखम्बा (कीर्तिस्तम्भ) गाई-गोरु बाध्ने काममा प्रयोग हुँदै आएको छ । नेपाली भाषीको ऐतिहासिक शिलालेख रहेको कीर्तिस्तभ गाई-गोरु बाध्ने थलो बन्न थालेको हो । दुल्लुबासीको मात्र नभएर नेपाली भाषीको एक गहनाका रूपमा रहेको कीर्तिस्तभमा गाई-गोरु बाध्ने थलो बन्नुमा उचित संरक्षणको समस्या रहेको […]