नेपालीमै खोज्नुहोस्… गृहपृष्ठ राजनीति विचार संवाद फिचर प्रदेश समाज अर्थ मनोरञ्जन विश्व खेल गृहपृष्‍ठ राजनीति ओलीको सर्कुलर : २१ दिने सूचनाबाट प्रभावित नहुनू‚ विभाजनविरुद्ध दृढतापूर्वक उभिनू

  ।   १४ भाद्र २०७८, सोमबार १३:११

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनविरुद्ध दृढतापूर्वक उभिन पार्टी नेता कार्यकर्तालाई आह्वान गरेका छन्। ओलीले २१ दिनभित्र प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूले दल छनोट गर्न पाइने भनी निर्वाचन आयोगले जारी गरेको सूचनाबाट प्रभावित नहुन, पार्टीमा विभाजन ल्याउने प्रयासविरुद्ध दृढतापूर्वक उभिन र पार्टीको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

 

 

निर्वाचन आयोगले एमालेबाट विभाजित भई माधव नेपाल नेतृत्वमा निर्माण भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेश हुन चाहने एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यहरुले नयाँ दल गठन भएको २१ दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भई सनाखन गर्न सक्ने बताएको छ।

अध्यक्ष ओलीले सर्कुलर जारी गर्दै भनेका छन्, ‘पार्टी विभाजनको दुराशयबाट साथ हालै जारी अध्यादेशमा स्थानीय तहका जनप्रतिनिधिहरूले समेत दल त्याग गर्न सक्ने प्रावधान राखिएको छ। अध्यादेशको उक्त प्रावधान संविधानको अक्षर र भावना  विपरीत रहेको निष्कर्षसहित बैठकले उक्त व्यवस्थाको कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ।’

Next Post

मध्यपश्चिम विश्वविद्यालयमा परीक्षाको माध्यम विद्यार्थीलाई नै रोज्न पाउने

१४ भाद्र २०७८, सोमबार १३:११
सुर्खेत : अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने मुख्य मागसहित आन्दोलनरत विद्यार्थी संगठन र मध्यपश्चिम विश्वविद्यालयबीच सहमति भएको छ। दुई पक्षबीच शनिबार साँझ सम्पन्न वार्तामा भौतिक उपस्थिति र वैकल्पिक माध्यममध्ये कुनै एक रोज्न स्वयं विद्यार्थीलाई नै दिने सहमति भएको हो।     सहमतिअनुसार अब विद्यार्थीले परीक्षा व्यवस्थापन कार्यालयले सूचना जारी गरेको पाँच […]