जुम्लाका सिडिओको सरकारी कार्यालयमा छड्के

  ।   २० माघ २०७७, मंगलवार १९:५७

जुम्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भुपेन्द्र थापाले जिल्ला स्थित २६ सरकारी कार्यालयमा छड्के अनुगमन गरेका छन् । कर्मचारी नहुँदा सेवाग्राहीको काम प्रभावित भइरहेको गुनासो आएपछि सिडिओ थापाले सरकारी कार्यालयमा छड्के अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा ७ वटा सरकारी कार्यालय प्रमुख भेटिएनन् । एक सय ९ जना कर्मचारी अनुपस्थित थिए । प्रमुख जिल्ला अधिकारी थापाले भने,‘छड्के अनुमगन गरिएका २६ कार्यालयका २ सय ३० जना कर्मचारी मध्ये १ सय २१ जना मात्रै उपस्थित थिए । १ सय ९ जना कर्मचारी अनुपस्थित देखिए ।
उनीहरु विना जानकारी कार्यालय बाहिर गएको भेटिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । कार्यालयमा अनुपस्थित प्रमुख र कर्मचारीलाई स्पष्टिकरण सोधिने प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।
नागरिक सेवा वेवास्ता गरि कार्यालयमा नआउने कर्मचारीलाई नियमसंगत कार्वाही हुन्छ । चित्त बुझ्दो जवाफ नआएपछि थप कारवाही प्रक्रिया बढ्छ । प्रमुख जिल्ला अधिकारी थापाले भने,‘एकजना कर्मचारी मात्रै उपस्थित नहुँदा सेवाग्राहीको काम प्रभावित हुन्छ ।’ तत्काल सबै कर्मचारी उपस्थित हुन निर्देशन गरिएको छ ।
विदामा बस्दा वा जिल्ला बाहिर निस्कदा स्थानीय प्रशासनलाई जानकारी दिनुपर्दछ । अधिकांस प्रमुख र कर्मचारीले कुनै पनि जानकारी गराएका छैनन् । जसका कारण दैनिक कार्यसम्पादन र सेवाप्रवाह प्रभावित भएको छ ।
स्याउ सुपरजोन,जनस्वास्थ्य कार्यालय,आन्तरिक राजश्व कार्यालय, कृषि अनुसन्धान केन्द्र लगायत २६ वटा सरकारी कार्यालयमा छड्के अनुगमन गरिएको हो ।
कार्यालयमा कर्मचारी नहुँदा सेवा प्रभावित हुदै आएको स्थानीय सेवाग्राहीले गुनासो गर्दै आएका छन् । जुम्लामा चिसो बढेसँगै कर्मचारीदेखि जनप्रतिनिधि जिल्लामा छैनन् । यसले सेवा निकै प्रभावित भइरहेको छ ।

Next Post

चन्दननाथ ८ मा आगलागी,तीन लाख ७५ हजारको क्षति

२० माघ २०७७, मंगलवार १९:५७
जुम्लाको चन्दननाथ नगरपालिका ८ रोकायाबाडामा आगलागी भएको छ । आगलागीबाट ३ लाख ७५ हजार रुपैयाँ बरावरको क्षति भएको छ । आगलागीको कारण खुल्न सकेको छैन । यही माघ महिनाको १८ र १९ गते राति दाउँरा र पिरलको खातमा आगो लागेको हो । स्थानिय नरेन्द्र धरला, कृष्णबहादुर रोकाया र बमबहादुर रोकायाको […]