डा मंगल रावल भन्छन – सरकारी अस्पतालको सेवा अब्बल

काठमाडौं- कोरोना संक्रमण भई गम्भीर भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा मंगल रावलले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको सेवाको प्रंशसा गरेका छन्।

कर्णालीमा रहँदा कोरोना संक्रमित भएका उनी ९ दिन होम आइसोलेसनमा बस्दा स्वास्थ्यस्थिति झन बिग्रिपछि टेकुस्थित सरुवा रोग अस्पतालको आइसियुमा भर्ना भएका थिए।

५ दिन आइसियु र ३ दिन क्याविनमा बसी उपचार गराएका उनले संक्रमणमुक्त भएपछि  सरकारी अस्पताल र त्यहाँका चिकित्सकले आफुलाई बचाएको प्रतिक्रिया दिएका छन्।

उनले भने,‘आखिर सरकारी अस्पतालले नै बचायो। यहाँको सेवा नै अब्बल छन्। डा अनुप बास्तोला र उहाँको टीमले निकै राम्रो गर्नुभएको छ। कर्णालीमा कोरोना संक्रमण नियन्त्रण गर्न प्रयास गरियो। खोप लगाउने समयमा आफु आइसियुमा उपचाररत हुनुपर्‍यो।’

उनले  उपचाररत रहँदा रेम्डीसिभिर औषधि प्रयोग गरेको जानकारी दिए।

उनलाई माघ ६ गते कोरोना संक्रमण देखिएको थियो।  उनलाई माघ ५ गते देखि लक्षण देखिन थालेको थियो। त्यसको २,३ दिन अघिदखि कफ देखिएको उनले बताए।

सम्बन्धित शीर्षक