निरंकुश ओली प्रवृत्तिले नै एमाले फुट्योः प्रदेश पर्यटन मन्त्री बुढा

कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिँ बुढाले डोल्पाको आर्थिक सम्वृद्धिको आधार पर्यटन विकास भएको बताएका छन्। पर्यटन विकासको लागि जिल्लामा रहेका पुरातात्विक महत्वका ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरुको जीर्णेद्वा र र नयाँ संचना निर्माणमा जोड दिइएको पनि मन्त्री बुढाको भनाई थियो।

नेपाल पत्रकार महासंघ डोल्पाले राखेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री बुढाले उक्त कुरा बताएका हुन्। डोल्पामा रहेको ऐतिहासिक श्रीवालात्रिपुरासुन्दरी भगवती मन्दिरमा खप्तडबाबा पदमार्ग, हरित पार्क निर्माणको लागि आर्थिक वर्ष २०७७/०७८ मा ७० लाख बजेट विनियोजन भई निर्माण कार्य भइरहेको र फोक्सुण्डो ताल, विश्वकै उच्च मानववस्ती धो उपत्यका, छार्काताङ्ग गाउँपालिकामा रहेको शे गुम्बा लगायतका प्राकृतिक र ऐतिहासिक पर्यटकीय क्षेत्रको विकासको लागि कर्णाली प्रदेश सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गरिएको मन्त्री बुढाले बताए।

जिल्लामा भित्रिएका योजनाहरुको प्रभावकारी कार्यान्वयन आर्थिक परिचालनका सन्दर्भमा स्थलगत अनुगमन र अनियमिततालाई के कसरी रोक्न सकिन्छ भन्ने सन्दर्भमा स्थानीय सराकोवालासंग सुझाव लिन मन्त्री बुढा एक साताअघिदेखि डोल्पामा छन्। संचारकर्मीको एक जिज्ञासामा आफू मातहतको मन्त्रालयमा योजना सम्झौता र अन्तिम बील भुक्तानीका समयमा केही कर्मचारीले उपभोक्ताहरुबाट केही नाजायज फाइदा लिइरहेको गुनासो आउने गरेको भएपनि अबदेखि कुनै किसिमको आर्थिक चलखेल नहोस भन्नका लागि कडाईका साथ अनुगमन निरीक्षणलाई जोड दिएको भनाई मन्त्री बुढाको छ।

एक फरक सन्दर्भमा मन्त्री बुढाले जिल्लाबाट निर्वाचित माननीय तथा संघीय पूर्व राज्यमन्त्री समेत रहेका धनबहादुर बुढा र आफू समेत तथा नेकपा एकीकृत समाजवादी पार्टीमा रहेकाले ओली नेतृत्वको नेकपा एमाले पार्टीभन्दा आफ्नो पार्टी नेकपा एकीकृत समाजवादी ठूलो दल भएको र डोल्पामा ओली नेतृत्वको नेकपा एमालेमा लाग्ने कार्यकर्ता खोज्नु पर्ने अवस्था आएको दावी गरे।

यसैगरी आफूहरु रहरले नभई ओली प्रवृत्तिको निरंकुश कार्यशैलीका कारण बाध्य भएर अलग हुनु परेको समेत मन्त्री बुढाले बताए। आफू जिल्लामा योजना अनुगमनका साथै पार्टी संगठन विस्तार र कार्यकर्ताहरुलाई एकीकृत गर्ने काम समेत गरिरहेको उनले बताए। यसैबीच डोल्पाको सदरमुकाम दुनैस्थित कालिका मन्दिर नजिक निर्माणधीन प्रवेशद्वारको कर्णाली प्रदेश सरकारका उद्याेग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिँह बुढाले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन्।

स्वर्गिय क्याप्टेन दिनेश न्यौपानेको सम्झनामा प्रवेशद्वार निमार्णको लागि कर्णाली प्रदेश सरकार उद्याेग पर्यटन, वन तथा वातावरण मन्त्रालयले ५० लाख उपलब्ध गराएको थियो।

यस्तै, दिनेश न्यौपाने प्रतिष्ठानले समेत प्रवेशद्वार निर्माणको लागि  १० लाख रुपैयाँ खर्चेको छ।प्रवेशद्वारको निर्माण कार्य सम्पन्न भएपनि रंगरोगन, सालिक निर्माणलगायत अन्य फिनिसिंगको आर्थिक अभाव भएको स्वर्गिय दिनेश न्यौपाने प्रतिष्ठानका अध्यक्ष तथा स्वर्गिय न्यौपानेका बुवा मानदत्त न्यौपानेले जानकारी दिए। निर्माणको अन्तिम चरणमा रहेको प्रवेशद्वार आफ्नै जिल्लाका मन्त्री जिल्लामा आएको अवसरमा उद्घाटन कार्यक्रम गरेको प्रतिष्ठानले जनाएको छ।

आफू मरेर पनि अरुलाई नयाँ जिवन दिने एक साहासी डोल्पाली छोरा स्व.क्याप्टेन दिनेश न्यौपानेको सम्झनामा नव निर्मित प्रवेशद्वारले सदरमुकाम दुनैलाई सुन्दर देखाउने उद्याेग पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिँह बुढाले बताए। स्व.क्याप्टेन न्यौपानेको भौतिक शरीर हामी माझ नभएता पनि उनको साहासी कार्य सधै सबैको लागि सम्झनामा आईरहने मन्त्री बुढाले बताए।

प्रवेशद्वार निर्माणको लागि चालु आवमा समेत थप ४० लाख वजेट छुट्याएको पनि मन्त्री बुढाले जानकारी दिए। प्रवेशद्वार संगै स्वर्गिय क्याप्टेन न्यौपानेकाे सालिक, प्रतिक्षालय पनि निर्माण भैरहेको छ।

‘वि.सं.२०७२ फागुन १४ गते ९ जना यात्रु बोकेर नेपालगन्जदेखि जुम्लाको लागि उडेको काष्ठमण्डपको विमान उडीरहेकाे बेला मेसिनमा खरावी भएपछि विमानमा सवार यात्रुलाई हामी मरेर भएपनि तपाईहरुलाई बचाउँछु’ भन्दै कालिकोटको चिलखाया भन्ने ठाउँमा आकस्मिक अवतरण गर्ने क्रममा  स्व. क्याप्टेन दिनेश न्यौपाने र सहचालक स्व. सन्तोष लामाको दुर्घटनामा परि ज्यान गएको थियो

सोही जहाजमा सवार सबै यात्रु भने सकुशल रहेका थिए।

सम्बन्धित शीर्षक