पक्की सिचाइँ कुलोले ५० रोपनी जमिन सिंचित

जुम्लाको कनकासुन्दरी ७ बैदारबाडामा निर्माण भएको पक्की कुलोले ५० रोपनी जमिन सिंचित भएको छ । अहिले यहाँका किसान सहजै रुपमा सिचाइँ गरेर खेति गर्न थालेका छन । कच्ची कुलो हुँदा पटक पटक पहिरोले पुरिने र भत्किने भएकोले खेति गर्ने समयमा किसानलाई निकै सास्ती हुदै आएको थियो ।
कनकासुन्दरी ७ स्थित सुधारसिल कृषक समुहले १ सय २० मिटर पक्की सिचाइँ कुलो निर्माण गरेको छ । यो सिचाइँले बैदारवाडाको ५० रोपनी जमिनमा सिचाइँ सुविधा पुगेको छ । गाउँको सिरानमा कुलो भएकोले बर्षातको समयमा असाध्यै असुरक्षित हुने र पहिरोको उच्च जोखिम थियो । कुलोमा जाने पानीले जमिन भासिने संभावना तीब्र थियो । पक्की कुलो बनेपछि गाउँ सुरक्षित भएको छ । पहिरोको जोखिम हटेको छ । स्थानीय खुसी छन ।
अति जोखिम समुदायका सदस्यले सुरक्षाको आभास गरी रहेका छन । खेतबारीमा रहेको पुर्ण निर्भरता कम भएर आत्मनिर्भर बन्ने बाटोमा अग्रसर बनेका छन । यो सिचाइँले गाँउमा रहेको निर्भरता कम हुने र गाँउमा पहिरो जान घटने र आफ्नै जमिनमा तरकारी तथा अन्नबाली उत्पादन गरी समुदायमा रोजगारी सिर्जना गरेर आम्दानी बढाउन प्रोत्साहित गरिरहेको पेस नेपालका परियोजना प्रमुख हेमराज भट्टले जानकारी दिए ।
समुदायमा बाढी पहिरोको जोखिम कम हुने र उत्पादनमा बृद्धि भई आफ्नै व्यवसायमा व्यस्त हुने अवस्था निर्माण गरेको छ ।
कारितास जर्मनी र कारितास नेपालको आर्थिक सहयोग र पेस नेपाल जुम्लाको साझेदारीमा सञ्चालित एकीकृत खाद्य सुरक्षा विपद जोखिम न्यूनिकरण जलवायु परिवर्तन अनुकुलन कार्यक्रम अन्र्तगत यो सिचाइँ कुलो निर्माण भएको हो
सिचाइँ कुलो निर्माणको लागि पेस नेपाल जुम्लाले २ लाख ५० हजार रुपैयाँ र कनकासुन्दरी गाउपालिका ७ ले ४० हजार रुपैयाँ लगानी गरेको छ । कुल २लाख ९०हजारमा १२० मिटर कुलो निमार्ण भएको हो ।

सम्बन्धित शीर्षक