सल्यानबाट २३ लाख किलोग्राम जडीबुटी निकासी

  ।   १० भाद्र २०७८, बिहीबार १८:१४

सल्यान : सल्यानबाट गत आर्थिक वर्ष २०७७/०७८ मा विभिन्न १० प्रजातिका २३ किलोग्रामभन्दा धेरै जडीबुटी निकासी भएको छ।

जिल्लाका विभिन्न राष्ट्रिय तथा सामुदायिक वन, पाखोबाट संकलन गरिएका २३ लाख ११ हजार ९ सय ५० किलो जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ।

जिल्लाबाट राष्ट्रिय वनतर्फ टिमुर ८८ हजार किलो, रिठ्ठा दुई लाख ३२ हजार ५०० किलो, तेजपात ६८ हजार ५५२, घोडेताप्रे ५०० , बज्रदन्ती २०५, अमला एक हजार किलो, चुत्राको बोक्रा २५ हजार किलो, पाखनभेद ३२ किलो, काउलोको बोक्रा ६ हजार ९४० र गोकुलधुप ९०० किलो गरी २३ लाख ११ हजार ९ सय ५० किलो जडिबुटी निकासी भएको डिभिजन वन कार्यालयका विजय पुलामी मगरले जानकारी दिए।

यस्तै, निजी आवादीतर्फ टिमुर ३ लाख ३८ हजार २५० किलो र रिठ्ठा ११ हजार किलो निकासी भएको उनले जानकारी दिए।

जिल्लामा राष्ट्रिय वनतर्फ ४ लाख ६४ हजार १८० किलो जडीबुटी उत्पादन भएको भएपनि ४ लाख २५ हजार ९२४ किलो निकासी भएको छ। ३८ हजार २५६ किलो जडीबुटी निकासी हुन बाँकी रहेको उनको भनाइ छ।

Next Post

आलुको बिउ उत्पादन गर्न दैलेखमा ल्याब निर्माण

१० भाद्र २०७८, बिहीबार १८:१४
सुर्खेत : कर्णाली प्रदेशमै आलुको गुणस्तर नाप र बिउ उत्पादन हुने भएको छ। जसको लागि दैलेखको गुराँस गाउँपालिकाले टिस्युकल्चर ल्याब निर्माण गरेको छ। गाउँपालिकाभित्रका किसानहरूलाई व्यावसायिक बनाउन गाउँपालिकाले टिस्युकल्चर ल्याब निर्माण गरेको हो। गाउँपालिकाले ७० रोपनी जग्गा २१ वर्षका लागि भाडामा लिएर टिस्युकल्चर ल्याब निर्माण अन्तिम चरणमा पुर्‍याएको छ। ल्याब निर्माण […]

सम्बन्धित