प्रभावकारी बन्दै रारालिही संंकलन केन्द्र

जुम्लाको तिला गाउँपालिका २ डुन्डेलीमा बनेको संकलन केन्द्र प्रभावकारी बन्दै गइरहेको छ।
संकलन केन्द्रले नियमित रुपमा कार्यालयको कामलाई अगाडि बढाउने र स्थानिय रुपमा उत्पादन भएका तरकारी तथा स्थानिय उत्पादनलाई स्थानिय बजारसम्म पुर्याउने काम गरेको छ ।
स्थानिय उत्पादनलाई जोड दिने र उत्पादित बस्तुलाई संकलन केन्द्रद्धारा संकलन गरि बाहिर बजारमा विक्री गर्न सहज भएको किसान बताउँछन ।
अहिले नयाँ सिमी,मह,राडीपाखी, टमाटर, स्याउ, तरकारी जस्ता वस्तु खरिद विक्रि गर्ने कार्य भईरहेको छ । हाल संस्थाले संचालन गरेको क्याप्स कर्णाली परियोजनावाट सहकारीमा ५ वटा हाते टेक्टर, ३ वटा थ्रेसर मेसिन छन ।
संकलन केन्द्रबाट प्र्रत्यक्ष रुपमा १सय २० जना लाभान्वित छन । अप्रत्यक्ष रुपमा १ हजार ५ सय धरधुरी लाभान्वित भएका हुन । रारालिही संकलन केन्द्रमा ७ लाख रुपैयाँ बराबरका कृषि औजार छन । कृषि औजार सहित थप ३ लाख ७५ हजार रुपैयाँको सामानहरु छन ।
कारितास जर्मनी र कारितास नेपालको आर्थिक सहयोग तथा पेस जुम्लाको साझेदारीमा खाद्य सुरक्षा प्रकोप जोखिम न्युनिकरण र शान्तिका लागी एकीकृत विकास परियोजनाद्धारा रारालिही संकलन केन्द्र निर्माण भएको हो ।
२०७१ सालमा रारालिही संकलन केन्द्र स्थापना गरिएको पेस नेपाल जुम्लाका परियोजना संयोजक हेमराज भट्टले जानकारी दिए ।

सम्बन्धित शीर्षक