जुम्लामा राहदानी लिने बढ्दै

  ।   २० माघ २०७७, मंगलवार १८:०१

जुम्लामा राहदानी लिनेको संख्या बढ्दै गइरहेको छ । गत बर्षको तुलनामा यो आर्थिक बर्ष राहदानीको लिने संख्या बढेको हो ।
जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार गत आर्थिक बर्षमा केन्द्र र जिल्लाबाट गरि राहदानी लिनेको संख्या एक हजार ८ सय ११ जना थिए ।
गत आर्थिक बर्ष मा केन्द्र र जिल्लाबाट गरि राहधानि पत्र लिनेको सङख्या गरि जम्मा १ हजार ८ सय ११जना रहेको थियो । चालु आर्थिक बर्षको हाल सम्म २ सय २७ जनाले राहदानी लिएका हुन् ।
राहदानी लिनेमा महिला ३० जना र पुरुष एक सय ९७ जना रहेको जिल्ला प्रशासन कार्यालय जूम्लाले जनाएको छ ।
गत बर्ष भन्दा यो बर्षमा विदेशीने युवायुवतीको संख्या बढिरहेको नायव सुब्बा कविदत्त न्यौपाने बताउँछन् ।
नेपाल जस्तो विकास उन्मुख देशमा स्वास्थ्य ,शिक्षा ,रोजगार लगायतका सेवा सुविधा प्रयाप्त मात्रमा उपलब्ध नहुनाले विदेशीनेको संख्या बढिरहेको उनले बताए ।
उनले भने,‘ गरिबी र बेरोजगारका कारणले देशका युवा शक्ति पछिल्लो समयमा विदेश पलायन हुन थालेका छन । यहाँका युवाले बाहिरी मुलुकमा रगत पसिना बेचेर घरपरिवार चलाउनु पर्ने बाध्यता छ ।
नायव सुब्बा न्यौपानेले थपे,‘सबै सेवा सुविधा स्वदेशमै उपलब्ध भएको भए विदेशीने युवाको संख्यामा कमि आउन सक्थ्यो । ’

Next Post

जुम्लाका सवारीमा नयाँ भाडादर

२० माघ २०७७, मंगलवार १८:०१
जुम्लामा चल्ने लामो तथा छोटो दुरीका सवारीसाधनको नयाँ भाडादर निर्धारण गरिएको छ । यातायात व्यवसायीले मनपरी रुपमा भाडा अशुलिरहेको गुनासो आएपछि जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले नयाँ भाडादर निर्धारण गरेको हो । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले जेष्ठ नागरिक ,अपाङ्गता भएका व्यक्ति,महिला आरक्षण सिट र छुटको व्यवस्था प्रभावकारी रुपमा कार्यन्वयन […]