कोभिड रोकथामका लागि महिला स्वास्थ्य स्वयंसेविकाको घरदैलो

जुम्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि महिला स्वास्थ्य स्वयंसेविकाले घरदैलो अभियान थालेका छन । उनीहरु नागरिकको घरदैलोमा पुगेर कोरोना संक्रमण बारेको सचेतना फैलाउन थालेका हुन ।
घरबाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न,सेनिटाइजरको प्रयोग गर्दै नियमित साबुनपानीले हात धुन,सामाजिक तथा व्यक्तिगत दुरी कायम गर्न, कोरोनाजन्य लक्षण देखिने वित्तिकै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्न आग्रह गरिरहेका छन । सिँजा गाउँपालिकाका महिला स्वयंसेविका मैना रानाले गाउँमा संकटको बेला महिला स्वस्थ्य स्वयंसेविका सचेतनाको जागरण फैलाउँदै जानुको विकल्प नरहेको बताइन । उनले भनिन्,‘गाउँबस्तीमा हरेक स्वास्थ्य समस्या आउँदा जिम्मेवारीपुर्वक भुमिका निभाउँदै आएका छौैँ । कोरोनाकालमा पनि आफु सुरक्षित भएर सचेतनाका क्रियाकलाप गरिरहेका छौँ । ’


जिल्लाको हिमा,सिँजा र कनकासुन्दरी गाउँपालिकामा रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुले कोभिड १९ जोखिम न्युनिकरणका लागि सचेतनामुलक अभियान थालेको पेस नेपाल जुम्लाका परियोजना प्रमुख हेमराज भट्टले जानकारी दिए । उनीहरुले आ आफ्नो गाउँ, टोल र बस्तीमा पोस्टर,पम्पलेट र जानकारीमुलक सन्देश कक्षा सञ्चालन गरेका थिए । महिला स्वास्थ्य स्वयंसेविका घरदैलोमै पुगेर कोरोना विरुद्धको सचेतना फैलाउन थालेपछि स्थानीय खुसी छन ।  कोरोना देखि आफु बच्न र अरुलाई बचाउनको लागि आग्रह गरिएको सुक्र उपाध्यायले जानकारी दिइन ।


महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य क्षेत्रको आधार हुन । उनीहरु जस्तोसुकै जोखिममा पनि गाउँटोलको स्वास्थ्य सुरक्षाको जिम्मेवारी वहन गर्न सक्षम छन । यो जिम्मेवारी कोरोना संक्रमणको बेला पनि सहजै रुपमा पुरा गरे । महिला स्वास्थ्य स्वयंसेविका विपन्न पछाडी पारिएका, विकासको मुल प्रवाहमा नआएका, स्वास्थ्य सेवाको पहुँचमा नपुगेका ग्रामिण क्षेत्रमा रहेर समुदायमा जनचेतना फैलाउने काममा सक्रिय छन ।
उनीहरुले समुदायमा रोगको उपचार र निदान र उच्च सावधानीका बिषयमा कोचिङ गर्ने,परामर्श प्रदान गर्ने र स्थानीयबासीको आत्मबल बढाउने कार्य गरिरहेका हुन्छन ।
प्लान इन्टरनेशनल नेपाल र पेस नेपाल जुम्लाले कोभिड १९ दोश्रो चरण प्रतिकार्यको लागी महिला स्वयंसेविकाहरुलाई विभिन्न स्थानमा अभिमुखिकरण गर्ने कार्य गरिरहेको छ । गाउँगाउँमा पोष्टर लिएर कोरोनाको लक्षण, रोकथामका उपाय र अपनाउनुपर्ने सावधानीका बिषयमा जानकारी दिदै आएकी छिन् ।

सम्बन्धित शीर्षक