ज्याला काटएर पेरे गाउँका नागरिकले विद्यालयलाई सहयोग गरे

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाउनु पर्ने ज्याला काटएर पेरे गाउँका नागरिकले विद्यालयलाई सहयोग गरेका छन् । जुम्ला पातारासि गाउँपालिका वडा नम्वर २ पेरेका नागरिकले गंगा माध्यामिक विद्यालय माथाचौरलाई सहयोग गरेका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाउनु पर्ने ज्याला नलिइकन विद्यालयलाई सहयोग प्राप्त भएको सोहि विद्यालयका लेखापाल धनराज एैडिले बताउनु भयो ।

उहाँका अनुसार पेरेका गाउँका मानिसले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाउनु पर्ने ज्याला नलिएर विद्यालयलाई सहयोग गरेको बताउनु भयो । १ लाख ५० हजार रुपैयाँ बराबरको काम पेरे गाउँका नागरिकले विद्यालयलाई गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट निर्माण भएको भौतिक संरचनामा काम गरेको ज्याला नलिई पेरे गाउँका नागरिकले विद्यालयलाई दिएका हुन् ।

पहिले विद्यालयमा तोडफोड हुँदा मर्मत नभइ बाँकि रहेका भौतिक संरचनाहरु पेरेका गाउँका नागरिकले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट निर्माण गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष बुद्धिकौरी एैडिको अगुवाइमा विद्यालयमा काम भएको हो । पातारासि गाउँपालिकामा शिक्षाको कमी भएकाले शैक्षिक अवस्थालाई उस्कानको लागि काम गरेको ज्याला नलिई विद्यालयलाई सहयोग गरेको उहाँको भनाइ छ ।

समितिका अध्यक्ष एैडीका अनुसार चेतनाको अभावले गर्दा बेला बेलामा बिद्यालयमा तोडफोड हुने र भौतिक संरचनामा क्षति हुने गरेको बताउनु भयो । विद्यालयमा तोडफोड पछि मर्मत हुन नसकेका भौतिक संरचना प्रति कसैको नजर नपुगेको उहाँको भनाइ छ । एैडीका अनुसार शिक्षा नै जीवनको मेरुदण्ड भएकाले विद्यालयको भौतिक संरचना मर्मत गरिएको जानकारी गराउनु भयो ।

उहाँका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममा काम गर्ने सम्पूर्णको साझा अभियानमा विद्यालयलाई १ लाख ५० हजार नगद सहयोग गरिएको जानकारी दिनुभयो । यता गंगा माध्यामिक विद्यालय पेरे माथाचौरका लेखापाल धनराज ऐडीका अनुसार भौतिक संरचना मर्मतका लागि बारम्बार गाउँपालिका र वडा सरकारसँग माग गर्दा कहि कतैबाट सुनुवाई नभएको बताउनु भयो । विद्यालयले दिएको निवेदनलाई गाउँपालिकाले वेवास्था गर्दै शिक्षा प्रति खासै चासो नदेखाएको उहाँको आरोप रहेको छ ।

सम्बन्धित शीर्षक