शहीदकाे सम्झनामा वृक्षाराेपण

सुर्खेत । शहीद दिवसको अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले वृक्षारोपण गरेकाे छ । कर्णाली प्रदेश स्थापनाको आन्दोलनमा ज्यान गुमाएका शहीदहरूकाे सम्झनामा मन्त्रालय परिसरमा वृक्षारोपण गरिएको हाे ।

वृक्षारोपण कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले शहिदको वलिदानीवाट प्राप्त कर्णाली प्रदेश स्थापनाका लागि भएको आन्दोलन पहिचानको आन्दोलन भएको बताइन् । प्रदेश आन्दोलन लगायका परिवर्तनकारी आन्दोलनमा ज्यान गुमाउने तथा घाइते र अपांगका लागि प्रदेश सरकारले राहतको प्याकेज ल्याएको जानकारी दिइन् ।

शहीद तथा घाइते अपांगको सम्मान स्वरुप प्रदेश सरकारले जीवन निर्वाह भत्ता तथा राहत प्रदान गरिरहेको मन्त्री नेपालीले बताइन । वृक्षारोपन कार्यक्रमा मन्त्रालयका महाशाखा प्रमुख ,कर्मचारी सचिवालय टिमको सहभागिता थियो । कर्णाली प्रदेश प्राप्तीका लागि भएको आन्दोलनमा सुर्खेतका याम विसी, टिकाराम गौतम, गोपालसिंह रजवार र जुम्लाका हरिवहादुर कुँवरले ज्यान गुमाएका थिए ।

सम्बन्धित शीर्षक