कर्णालीमा विद्यमान व्यथितिप्रति रैबार टिमको खबरदारी बढोस् : पत्रकार महासंघ

सुर्खेत । कर्णाली प्रदेशको विभिन्न क्षेत्रमा रहेका विद्यमान व्यथितिप्रति रैबार टिमले थप खबरदारी बढाउनुपर्ने पत्रकार महासंघको भनाइ छ । मिसन कर्णाली मिडिया हाउस प्रालिद्धारा सञ्चालित यस नेपाली रैबार डटकमले एक वर्ष पुरा गरेको अवसरमा शुभकामना तथा बधाई सन्देश व्यक्त गर्दै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति र पत्रकार महासंघ शाखा सुर्खेतले यस्तो बताएका हुन् ।

अनलाइन सञ्चालनको एक वर्षभित्र रैबार टिमले विभिन्न क्षेत्रमा समाचार मार्फत खबरदारी गराउँदै आएकोले व्यथिति विरुद्ध थप खबरदारी बढाउन पत्रकार महासंघले अनुरोध गरेका हुन् । कर्णाली प्रदेश सरकार, यहाँका स्थानीय तह र सरकारी तथा गैर सरकारी संघसंस्थाद्धारा सञ्चालित योजना तथा कार्यक्रममा व्यथिति बढिरहेको र लक्षित वर्ग लाभान्वित नभएको सूचना आइरहेकोले यसतर्फ रैबार टिमले खबरदारी बढाउनुपर्ने शुभकामना सन्देशमा उल्लेख छ ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका अध्यक्ष देवीराम देवकोटाले नेपाली रैबारले संघीयता कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्बाह गरेको भन्दै कर्णालीमा ओझेलमा परेका मुद्दा उठाउनुपर्ने बताए । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष ललित बसेलले नेपाली रैबार डटकम आवाजविहिनको आवाज बन्दै गएको भन्दै समाजमा भएका विकृती, विसंगति विरुद्धका समाचार लेखनमा जोड दिनुपर्ने बताएका छन् ।

सम्बन्धित शीर्षक