खलंगामा खानेपानी अभाव

जुम्ला सदरमुकाम खलंगामा खानेपानीको अभाव देखिएकोछ । हिउँदमा समयमै हिउँ नपरेको र बर्षायाममा समयमै पानी नपर्नाले खानेपानी सुक्दै गएको हो ।
खलंगा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका कार्यालय प्रमुख अर्जुन बराल खानेपानीको मुल सुकेकोले समस्या भएको बताउँछन् ।
खानेपानीको मुल सुकेको छ, पानीको पाइप फुटेको छ, मुलमा पानीको स्रोत घटेकोले समस्या छ, प्रमुख बरालले भने,‘ अहिले विहान र बेलुका गरेर दुई घण्टा पनि पानी धारामा आउँछ । दिनभर ट्यांकीमा जम्मा गरिन्छ । ’
ओरालोमा पानी धेरै जाने र उकालोमा कम पानी जाने भएकोले सबै धारामा समान हिसावले पानी जाँदैन् । अब धौलिगाड खानेपानी आयोजना पनि शुरु भइसकेको छ । पातारासीको बाताको मुललाई व्यवस्थित गरिएको छ ।
सदरमुकाममा दैनिक दिन जनसंख्या बढिरहेको छ । खानेपानीको स्रोत घट्दैछ,प्रमुख बराल भन्छन,‘धौलिगाड खानेपानीको काम सकिने वित्तिकै खानेपानीको समस्या समाधान हुन्छ । ’

सम्बन्धित शीर्षक