सुर्खेत महिला जेसिज सप्ताह : मास्क र खाद्यन्न वितरणदेखि सम्मान कार्यक्रम आयोजना

सुर्खेत । सुर्खेत महिला जेसिज २०२१ ले जेसिज सप्ताह मनाउने घोषणा गरेको छ । आज वीरेन्द्रनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सुर्खेत जेसिज २०१९ अध्यक्ष एवम कानूनी सल्लाहकार जेसि सिया कार्की प्रधानले सो जानकारी गराएकी हुन् । साउन ३१ गतेदेखि सप्ताहका कार्यक्रम सुरु हुने उनले बताइन् ।

महासचिव सिता भण्डारीका अनुसार यो सप्ताहलाई दशैं जस्तै महान पर्वको रुपमा मनाउने गरिएको छ । ‘कोभिडले हामीलाई वृहत रुपमा कार्यक्रम गर्न भने दिएको छैन । यद्यपी सामाजिक दुरी कायम गरेर, स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा लागु गरेर भएपनि कार्यक्रम गर्ने योजना बनाएका छौं’ उनले भनिन् ।

महिला जेसिज वर्ष २०२१ अध्यक्ष लक्ष्मी गुरुङ्गले महिला जेसिजले सुर्खेतमा समाजसेवामा क्रियाशील एक महिलालाई सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिईन । उनका अनुसार साउन तीस गते सप्ताहको उदघाटन हुनेछ भने सोही दिन तुल्सी स्मृति वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिनेछ ।

साउन ३१ गते वीरेन्द्रनगरका विभिन्न चोकमा मास्क वितरण गर्ने कार्यक्रम रहेको छ भने ३२ गते खाद्यान्न दिवस मनाइने छ । उक्त दिनमा सुर्खेतमा रहेको सझा घरमा खाद्यान्न वितरण गर्ने उनले जानकारी दिईन । भदौ १ गते उदघोषक तालिम, दुइ गते प्रशान्ती वृद्धाश्रममा खीर खुवाउने कार्यक्रम, तीन गते सेल्फ मेकअप प्रतियोगिता, चार गते नारी सम्मान कार्यक्रम र सोही दिन समापन कार्यक्रम गरिने उनको भनाई छ ।

सम्बन्धित शीर्षक