जन्मोत्सवमा मातृकाले न्यानो कम्मल बाँडे

  ।   ११ माघ २०७७, आईतवार २०:४४

जुम्लाका एक जनाले आफ्नो जन्मदिनको अवसरमा न्यानो कम्मल वितरण गरेका छन् । कनकासुन्दरी गाउँपालिका ८ का मातृकाप्रसाद उपाध्यायले ७० बर्ष माथिका नागरिकलाई न्यानो कम्मल बाँडेका हुन् । जेष्ठ नागरिक,पुर्ण अपांङ्गता भएका व्यक्ति, आंशिक अपाङता व्यक्ति र एकल महिलालाई न्यानो कम्मल उपलब्ध गराएको स्थानीय उपेन्द्र न्यौपानेले जानकारी दिए ।
उनका अनुसार मातृकाप्रसाद उपाध्यायले आफ्नो दाजु अग्नीप्रसाद उपाध्याय मार्फत न्यानो कम्म वितरण गरेर जन्मदिन मनाएका हुन् । जन्मदिनमा न्यानो कम्मल पाएकोमा स्थानीय नागरिक हर्षित छन् । उनीहरुले भने,‘मातृकालाई मुरिमुरि धन्यवाद, यस्तै जन्मदिन हजारौँ पटक मनाउन पाइयोस । उनको जीवन सुखि र खुसी रहोस जन्मदिनको लाखौँलाख शुभकामना । ’

Next Post

जाडोबाट बचाउन विपन्न नागरिकलाई न्यानो कपडा

११ माघ २०७७, आईतवार २०:४४
जिल्ला प्रशासन कार्यालय जुम्लाले जाडोबाट बचाउन तिला गाउँपालिका भित्रका विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । हिमपात तथा अत्याधिक जाडोवाट बचाउन न्यानो कपडा वितरण गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । जुम्लाको माइनस डिग्रीको चिसोमा दैनिकी गुजार्दै आएका नागरिकलाई प्रशासन कार्यालय जुम्लाले न्यानो कपडा प्रदान गरको उनले […]