किसानलाई अनुदानै अनुदान

  ।   ९ माघ २०७७, शुक्रबार ००:५५

 

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले किसानलाई विभिन्न शिर्षकमा अनुदानका कार्यक्रम दिएको छ । गत आर्थिक बर्षको साउन एक गतेदेखि चालु आर्थिक बर्षको कार्तिक मसान्त सम्म गरेर यहाँका किसानलाई अनुदान उपलब्ध गराएको हो ।
यहाँका किसानलाई स्थानीय जातको कुखुरापालन,खोर निर्माण, चल्ला र दाना खरिद,कुखुरा पोल्टी फर्म,दुग्ध प्रवद्र्धन कार्यक्रम,डेरी भवन निर्माण तथा सामाग्री खरिद,भैसीपालन,पशुपालन तथा दुग्ध उत्पादन उद्योग निर्माण लगायतमा अनुदान दिइएको हो ।
किसानलाई व्यवसायको प्रकृति हेरी अनुदान उपलब्ध गरिएको हो । अनुदानको रकमले किसानले अपेक्षाकृत काम गरिरहेको निमित्त प्रमुख धनबहादुर महतले जानकारी दिए । उनका अनुसार अनुदानका कार्यक्रमले किसानलाई निकै राहत मिलेको छ ।
पशु सेवा कार्यालयले प्रस्तावनाका आधारमा मुल्यांकन गरेर किसान छनौट गरेर अनुदान उपलब्ध गराएको हो । पशु पंक्षी क्षेत्रमा अनुदानको व्यवस्था गरेर किसानको आमदानी बढाउन खेलेको भुमिका प्रति किसान उत्साहित छन् ।

Next Post

असंवैधानिक कदमका विरुद्ध एकजुट हुन अपिल

९ माघ २०७७, शुक्रबार ००:५५
जुम्लाका निवर्तमान सांसद गजेन्द्रबहादुर महत प्रधानमन्त्री केपी ओली निरंकुश र तानाशाही बनेको आरोप लगाएका छन् । उनले ओली समुहको तानाशाह धेरै दिन नटिक्ने बताए । नेकपा पातारासी गाउँपालिकाले आयोजना गरेको विरोध सभालाई संवोधन गर्दै निर्वतमान सांसद महतले ओलीको तानाशाह जनताले उखेलेर फ्याक्ने बताए । उनले भने,‘प्रधानमन्त्री ओलीले गरिब निमुखा जनताको […]

सम्बन्धित