छुमचौरमा घट्ट गएकी अपांगता भएका महिलाको बाढिले बगाएर मृत्यू

जुम्लाको छुमचौरमा भिषण बर्षा पछिको बाढिले घट्ट गएकी एक अपांगता भएका महिलालाई बगाएको छ ।
भिषण बाढिले घट्टनै बगाउदा जुम्ला पातारासी गाउँपालिका वडा नम्बर ३ की ३५ बर्षिय सर्मिला बुढाको निधन भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । प्रहरी निरीक्षक तथा सूचना अधिकारी यौवन चौधरीका अनुसार तिनि महिला शारीरिक तथा वोल्न नसक्ने अपांगता भएका महिला रहेको बताउनुभयो ।

पातारासी गाउँपालिका वडाध्यक्ष विर्खराम वोहोराका अनुसार बाढि आएपछि दौडन नसकेर बगाएको जानकारी दिनुभयो । वडाध्यक्ष वोहोराका अनुसार गएराती भिषण बर्षा हुदा लिएकी ति महिलाको बगाएर मृत्यू भएको थियो । उनि सँगै घट्टमा गएका अन्य २ जना महिला भने भागेर बच्न सफल भएका थिए । स्थानीय मुनसोभा बोहरा र जसकला रावत घट्ट वाहिर निस्केर बाच्न सफल भएका हुन् । बगाएर मृत्यू भएकी महिलाको भने शव भेटिएर दाहसंस्कार गरिएको वडाध्यक्ष वोहोराले जानकारी दिनुभयो ।

यता घटना स्थलमा प्रहरीले मुचुल्का लिएर पनि फिर्ता भएको स्वास्थ्य संयोजक रतन बुढ्थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको बिपत व्यवस्थापनको टिम त्यहाँ फर्किएको छ ।  यसैगरी गाउँपालिकाका अध्यक्ष लक्षिमन बोहोरा र उपाध्यक्ष पुन्नकली महताराको टिम पनि घटना क्षेत्रमा पुगेर फर्किएको छ ।

ठूलो बर्षाले धेरैबर्ष पछि आएको बाढिले ६,७ वटा घट्ट, २० बढि चौपाया र एक हेक्टर भन्दा बढि बालीनाली र जग्गाको क्षेति भएको वडाध्यक्ष बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर २ र ३ जोडने काठेपुल बगेर जादा आवत जावत कठिन भएको छ ।

 

 

 

सम्बन्धित शीर्षक