काँक्रेविहार क्षेत्रलाई घेरबार गरिदै

सुर्खेत । अब काँक्रेविहारको पूरे क्षेत्रलाई कम्पाउन्डड अर्थात घेरबार गरिने भएको छ। कर्णाली प्रदेश सरकारको लगानीमा पुरै क्षेत्र कम्पाउन्डङगर्न लागिएको डिभिजन वन कार्यालयले जनाएको छ । वन्यजन्तु र जंगल संरक्षणका लागि बलियो संरचनाले कम्पाउन्डिङ गर्न लागिएको हो। कम्माउन्डिङका लागि कर्णाली प्रदेश सरकारले लगानी गरेको हो ।

सिमेन्टेड पर्खालसहितका संरचनाले जंगल क्षेत्र घेरबार गरिएपछि नगरपालिकालाई चिडिया खाना बनाउन सहयो ग पुनेछ । काँक्रेविहार जंगल क्षेत्र एकसय ७५ हेक्टरमा फैलिएको छ। महादेव क्षेत्री कन्ट्रक्सनसहितका दुई कम्पनीले कम्पाउन्डिङ निर्माणको ठेक्का लिएका छन् । दुई वर्षभित्र काँक्रेविहारको पुरै क्षेत्रफल कम्पाउन्डिङ गरिसक्नुपर्ने छ ।

सम्बन्धित शीर्षक