पाठ्यपुस्तकको रकम विद्यालयको खातामा, विद्यार्थी पुस्तकविहिन

पाठ्यपुस्तकको रकम विद्यालयको खातामा, विद्यार्थी पुस्तकविहिन

जुम्लामा फागुन महिना देखि नयाँ शैक्षिक सत्र हुन्छ । फागुन र चैत महिनामा भर्ना अभियान चल्छ । यो पटक नयाँ शैक्षित्र शत्र शुरु त भयो तर न विद्यार्थीले पढ्न पाए । नत विद्यालय नै खुले । कोरोना महामारीका कारण बन्द भएका यहाँका विद्यालय खुल्न सकेका छैनन ।
विद्यार्थीले पाठ्यपुस्तक पनि पाएका छैनन । नियमित लकडाउन र कोरोना प्रभावका कारण विद्यालय सुनसान छन । विद्यालयको प्रशासन पनि खुलेको छैन । शिक्षक बेरोजगार जस्तै छन । विद्यार्थीको पढाई नराम्ररी प्रभावित बनेको छ । कोरोना भाइरसले शिक्षा क्षेत्रमा देखिएको अन्यौलता चिर्न कोभिड १९ संकट व्यवस्थापन समितिले विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पठाउने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
ग्रामिण क्षेत्रमा रहेका विद्यार्थीले पाठ्यपुस्तक समेत किन्न पाएका छैनन् । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइँले भने,’‘अब बालबालिकालाई हातहातमा पुस्तक पुर्याउने व्यवस्था गर्न थालिएको छ । विद्यालय नखुलेपनि विद्यार्थीले आफै अध्ययन गर्ने वातावरण सिर्जना गर्न थालिएको छ । ’
निषेधाज्ञा पनि खुकुलो बनिरहेको छ । यो समयमा विद्यार्थीको हातहातमा पुस्तक पुग्नुपर्छ । सहायक प्रमुख जिल्ला अधिकारी चौलागाइँले भने,‘ बैठकले वन्द रहेका विद्यालयका छात्रछात्रालाई पाठ्यपुस्तक उपलब्ध गराउने निर्णय गरिसक्यो । निजी तथा सरकारी विद्यालयको प्रशासनिक काम शुरु गर्नुपर्न निर्देशन गरिसक्यो । यो निर्णय जुम्ली शिक्षा क्षेत्रको लागि महत्वपुर्ण नै हो । ’ कोरोनाले विद्यालय वन्द भएपछि शैक्षिक क्षेत्र धरापमा छ । विद्यालय जाने अवस्था छैन । घरमै पनि पुस्तक पुगेन । कोरोनाका कारण बालबालिकाको पठनपाठन लथालिङ्ग नै छ । पाठ्यपुस्तक बिक्रेता निरन्तर विद्यालय बन्द हुन थालेपछि पाठ्यपुस्कत झिकाउन समेत नसक्ने भइसकेका छजन ।
जिपी स्टेशनरी एण्ड सप्लार्यसले यस बर्ष २५ लाख रुपैयाँको पाठ्यपुस्तक ल्यायो । पुस्तक भने बिक्री नहुने डरले लगानी गर्न नसकिएको प्रबन्ध गणेश रोकाया बताउँछन । कोभिड भित्रै ल्याएका पुस्तक त बिक्री हुन सकेका छैनन । उनले भने,‘यसमै थप लगानी गर्दा डुब्ने खतरा देखियो । पुस्तक मगाउन सकिएको छैन । तर विद्यालयले माग गरेको खण्डमा पुस्तक ल्याउन सकिने अवस्था छ । ’
। यहाँ बर्षेनी एक करोड ५० लाख रुपैयाँको पाठ्यपुस्तक आवश्यक हुज्न्छ । कोरोनका कारण विद्यालय नखुलेर पुस्तक बिक्री भएका छैनन् । जुम्लाको अर्को सन्ध्या स्टेशनरीले १८ लाख रुपैयाँको पुस्तक खरिद गरेको छ । सबै पुस्तक थन्किएका छन । स्टेशनरीका प्रबन्धक सुमन खड्का दुई लाख रुपैयाँ बराबरको मात्रै सरकारी विद्यालयका किताब सप्लाई भएको बताउँछन । बिक्री नहुने डरले लगानी गर्न कठिन छ । उनले भने,‘विद्यालय खुलेर सहज पठनपाठन शुरु भएको खण्डमा पुस्तक आपुर्तिमा खासै समस्या हुनेछैन । माग अनुसारको पुस्तक आयत गर्न सकिन्छ । ’
विद्यार्थीको हातहातमा पुस्तक नपुगेपनि विद्यालयको खातामा पाठ्यपुस्तक खरिदको रकम गइसकेको जिल्ला शिक्षा समन्वय इकाइले जानकारी दिएको छ । कार्यालय प्रमुख मक्करबहादुर भण्डारी जिल्लाका एक नगरपालिका सहित ७ वटै गाउँपालिकाका विद्यालयमा पाठ्यपुस्तकको रकम दिइसकेको बताउँछन । उनले भने,‘पाठ्यपुस्तकको रकम विद्यालयमा गइसकेको छ । अव विद्यालयले तत्काल पुस्तक किनेर विद्यार्थीको हातहातमा पुर्याउनुपर्छ । विद्यार्थीले घरमै बसेर आफै अध्ययन गर्न पाउने व्यवस्था मिलाउनुपर्छ । ’
केही विद्यालयले किताब किनेर लिइसकेको उनले बताए । कोरोना महामारीमा प्रभावित जुम्लाका विद्यार्थी टेलिभिजन र अनलाइन कक्षको पहुँचमा छैनन । उनीहरुका लागि कि विद्यालय खुल्नु पर्यो,कि त गाउँमै नयाँ बैकल्पिक विधिबाट पढाउन शुरु गर्नु पर्यो । त्यो बाहेकको कुनै विकल्प नै छैन ।
समयमै पाठ्यपुस्तक खरिद गरेर विद्यार्थीका हातमा पुर्याउन प्रमुख भण्डारीले निर्देशन दिए । ग्रामिण क्षेत्रको विद्यार्थीको भविष्यको लागि पनि पुस्तक अनिवार्य विद्यार्थीको हातहातमा पुगाउन जरुरी छ । उनले भने,‘विद्यार्थीको सुन्दर भविष्यका लागि शिक्षक,अभिभावक,विद्यालय व्यवस्थापन समिति गम्भीरतापुवर्क लागि पर्नुपर्छ । ’ जुम्लामा १७० विद्यालयका करिब ४० हजार विद्यार्थी छन् ।

सम्बन्धित शीर्षक