कोरोनाबाट बच्न पत्रकार महासंघको अपिल

 

नेपाल पत्रकार महासंघ शाखा जुम्ला कोरोना संक्रमणबाट बच्न अपिल गरेको छ । विरुद्धको अभियानमा सक्रिय देखिएको छ । जुम्लामा रहेर विभिन्न मिडिया संग आवद्ध पत्रकार तथा सञ्चारगृहलाई पटक पटक स्वास्थ्य सामाग्री दिएर सुरक्षित पुर्वक रिपोटिङ गर्न सुझाव दिदै आएको छ । नागरिकलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न आग्रह गर्दै महासंघले पत्रकारहरुलाई पनि सुरक्षित पुर्वक कार्यक्षेत्रमा काम गर्न आग्रह गरिरहेको छ ।
कोरोना महामारीको समयमा आफु सुरक्षित भएर नागरिकलाई सुरक्षित हुने खालको सन्देश फैलाउन जरुरी छ । अध्यक्ष नेत्रबहादुर शाहीले भने,‘आफु बच्ने र अरुलाई बचाउने कार्यमा पत्रकार संवेदनशिल हुन जरुरी छ । अहिले सम्म जुम्ली पत्रकारीताले गरेको काम निकै प्रसंसनीय र उदाहरणीय छ । ’
पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग गर्न सरकारी तथा गैरसरकारी निकाय संग पहल समेत गरेको छ । यो पटक जिल्ला कोभिड संकट व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय जुम्ला र मर्सिकोर भकारी परियोजनाको सहयोगमा उपलब्ध भएका स्वास्थ्य सामाग्री पत्रकारहरुलाई वितरण गरिएको अध्यक्ष शाहीले बताए ।
स्थानीय प्रशासनले महासंघलाई दुई हजार सात सय मास्क, मर्सिकोर परियोजनाले पाँचसय एमएलको एकसय बोतल सेनिटाईजर र नेपाल रेडक्रस जुम्ला शाखाले दुई सय ५० माक्स दिएको थियो । उनले भने,‘जुम्ली पत्रकारीता र सरोकारवाला बीचको सम्बन्ध सुमधुर बन्दै गएको बताउँदै अध्यक्ष शाहीले भने,‘सबै मिलेर कोरोना राकथाम तथा नियन्त्रण गर्नु अहिलेको अपरिहार्यता हो । यो कार्यमा दत्तचित्त भएर लागौँ । यही आग्रह गर्न चाहान्छु । ’
स्थानीय एफएम रेडियो र दैनिक पत्रिकालाई एकसय मास्क, दुई वोतल सेनिटाईजर, राष्ट्रिय मिडियामा कार्यरत पत्रकारलाई प्रति व्यक्ति ५० मास्क र एक वोलत सेनिटाईजर, स्थानीय अनलाईनलाई ५० मास्क र २ वोतल सेनिटाईजर वितरण गरिएको छ ।
यसअघि कर्णाली प्रदेश महासंघले उपलब्ध गराएको तीनसय मास्क र केही सेनिटाईजर, जिल्ला स्वास्थ्य कार्यालयले सहयोग गरेका सेनिटाईजर र मास्क स्थानीय मिडिया हाउसलाई उपलब्ध गराईएको थियो । महासंघलाई जनस्वास्थ्य कार्यालय जुम्लाले पनि स्वास्थ्य सामग्री उपलव्ध गराएको थियो ।
अध्यक्ष शाहीले कोरोनाको दोस्रो लहरमा जुम्ला निकै प्रभावित भएको भन्दै तेस्रो लहरबाट जोगिन सबै सचेत हुनु पर्नेमा जोड दिए । उनले पत्रकारहरुलाई सचेत भएर कार्यक्षेत्रमा खटिनको लागि सुझाव दिए । जिल्लामा पाँच वटा एफएम रेडियो,दैनिक पत्रिका दुइ वटा,अनलाईन ६ वटा छन । झण्डै दर्जन बढि पत्रकारले राष्ट्रिय मिडियामा आवद्ध भएर कार्य गरिरहेका छन ।

सम्बन्धित शीर्षक