‘अलबिदा सम्झना राउटे’ भनेर झुटो प्रचार गर्ने युट्युब च्यानललाई कारबाही

राउटे युवती सम्झना शाहीको बारेaमा गलत अफवाह फैलाएको भन्दै सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले आपत्ति जनाएको छ ।

केही यु–ट्युब च्यानलले ‘अस्ताइन् सम्झना’ शीर्षक राखेर समाचार बनाएका थिए । प्रतिष्ठानले जिउँदो व्यक्तिलाई त्यस्तो आपत्तिजनक तरिकाले गलत प्रचार गरेको भन्दै त्यस्तो अपराध गर्ने युट्युब च्यानललाई कारबाही गर्न अनुरोध गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष सत्यदेवी खड्काले राउटे चेलीको मानव अधिकार संरक्षणका साथै न्याय दिएर शान्ति सुरक्षा कायम गरिदिन जिल्ला प्रशासन कार्यालय सल्यानलाई आग्रहसमेत गरेकी छन् ।

पत्रमा भनिएको छ, ‘नेपाल खबर नामक एक युट्युब च्यानलले ‘अस्ताइन् सम्झना–हत्या की आत्महत्या’ शीर्षक राखेर गलत कुराको प्रचार गरिएको छ । राउटे चेलीको मानव अधिकारको हनन भएको छ ।’ अहिले उक्त भिडियो हटाइएको छ ।

उनले जङ्गलमा घुमन्ते राउटे समुदायका चेलीहरूलाई बारम्बार चरित्र हत्या गर्ने खालका कार्य गर्ने र गराउने प्रविधिलाई रोक्ने प्रयास भइरहेको बताइन् । उनले भनिन्, ‘लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालका कर्णाली प्रदेश सदस्य वसन्ता दाहाल सहित नेपाल प्रहरीले निरन्तर काम गरिरहेका छन् ।’

यद्यपि, राउटे युवती सम्झनाको पुरानो तस्बिरको प्रयोग गरेर गलत प्रचार गरिएको छ । उक्त, युट्युब च्यानलको मेन हेडलाइन ‘अल बिदा सम्झना राउटे’ भनिएको छ ।

सम्बन्धित शीर्षक