रिरास परियोजनाबाट सहकारीलाई चिनो र कागुनो कुट्ने उपकरण हस्तान्तरण

रिरास परियोजनाबाट सहकारीलाई चिनो र कागुनो कुट्ने उपकरण हस्तान्तरण गरिएको छ । कृषि खाद्य प्रणालीका लागि नविकरणीय उर्जा कार्यक्रम अन्तर्गत (रिरास) परियोजनाको सहजिकरणमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र मार्फत चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थालाई उपकरण हस्तान्तरण गरिएको हो । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका फिल्ड संयोजक पृथ्वी शाहीले सहकारीका अध्यक्ष शाहीलाई वडाध्यक्ष कार्कीको रोहोबरमा उपकरण हस्तान्तरण गर्नु भएको हो । १ लाख ५० हजार मुल्यको उपकरण हस्तान्तरणले रैथाने बालिको संरक्षण र प्रवद्र्धनमा सहयोग पुग्ने चिनो र कागुनो कुट्ने मेसिन दिईएको छ । लि–बर्ड रिरासका क्लष्टर संयोजक गोविन्द ढकालले बताउनु भयो । चिनो र कागुनो हात कुट्न असहज हुने भएकाले सहकारीलाई उपकरण हस्तान्तरण गरिएको उहाँको भनाइ छ । उपकरण हस्तान्तरणमा युनडिपिका क्लष्टर संयोजक ऋषिराज ओलिको पनि सहभागिता रहेको बताउनु भयो ।

सम्बन्धित शीर्षक