लक्ष्मी न्यौपाने,जुम्ला
किर्डाक नेपालको आयोजनामा बाल अधिकार,बालविवाह र दलित जनप्रतिनिधिको काम कर्तव्य र अधिकारका बारेमा दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वल्र्ड भिजन इन्टरनेशनल नेपाल र किडार्क नेपाल जुम्लाको साँझेदारीमा सञ्चालित बाल संरक्षण परियोजना अन्र्तगत अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो ।
अभिमुखीकरण कार्यक्रममा तिला र तातोपानी गाउँपालिकाका गरेर ३० जनाको सहभागिता थियो । जसमा ९ जना पुरुष र २१ जना महिला सहभागि थिए । दलित समुदायमा हुने बालविवाह रोक्ने,दलित हक र अधिकारका आफ्नो आवाज उठाउन सक्ने बनाउन र बजेट बिनियोजनमा पालिकामा अग्रसर गराउने हेतुले अभिमुखीकरण कार्यक्रम गरिएको किर्डाक नेपाल श्रीराम थापाले जानकारी दिए ।
उनका अनुसार बालमैत्री स्थानीय शासन घोषणाको लागि पनि अघि बढ्ने उद्धेश्य रहेको थियो । तालिममा तिला गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले आगामी दिनमा दलित समुदायको सचेतनामुलक कार्यक्रममा बजेट छुट्याउने प्रतिबद्धता जनाइन ।
किर्डाक नेपालको दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
- न्यूज सरोकार
- ३२ श्रावण २०८१, शुक्रबार १७:२१