तातोपानी गाउँपालिकाले गयाे  २०८०/८१काे सार्वजानिक सुनुवाई

लक्ष्मी न्याैपाने

जुम्लाको तातोपानी गाउँपालिकाले २०८०/८१काे बाषिक प्रगति समिक्षा तथा सार्वजनिक गरेको छ ।  तातोपानी गाउँ पालिका आ व २०८०/८१मा बाईस लाख  साे्ह हजार तिन सय तिस रूपैया राजश्व संकलन गरेकाे छ।तातोपानी गाउँपालिकामा भएको प्रगति सार्वजनिक गरिएको हो । तातोपानी गाउँपालिकाले साेमबारका दिन  पत्रकार सम्मेलन गर्दै आफ्ना आर्थिक वर्षको अवधिमा सम्पादन भएको उत्कृष्ट काम सार्वजनिक गरेको हो । जुम्लाका ८ स्थानीय तह मध्यहरुमा तातोपानीले नमुना काम गर्न सफल भएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौंलागाईंको दाबी छ ।

असारे विकासलाई निरुत्साहित गरेको तातोपानीले हरेक वर्ष वर्षको वैशाख मसान्त भित्रै योजनाहरुको अन्तिम भुक्तानी दिने गरेको अध्यक्ष चौंलागाईको भनाइ छ । समयको महत्वलाई ख्याल राख्दै लागु गरिएको तातोपानी टाइम्सलाई निरन्तरता दिन सक्नु उपलब्धि भएको उहाँले बताउनु भयो । उहाँका अनुसार तातोपानीमा श्रम संस्कृतिको विकास गर्न र योजनाहरुको लागत घटाउन तातोपानीमा शनिबार श्रमदान अभियान संचालन गर्दै आएको जानकारी गराउनु भयो ।

  तातोपानी गाउँ पालिका उपाध्यक्ष रेवती रावत विपन्न नागरिकका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम लागु, वृहत्त स्वास्थ्य शिविर सञ्चालन, निःशुल्क एम्बुलेन्स सेवा प्रदान, शैक्षिक कचहरी सञ्चालन गर्नुका साथै र विद्यार्थी शिक्षक अनुपातमा शिक्षक दरबन्दी मिलान गरिएको बताईन  ।
तातोपानीका प्रमुख प्रशासकीय अधिकृत तीर्थ वहादुर कठायतले तातोपानी गाउँपालिका भित्र रहेका ३ हजार ३ सय१८ घरधुरीको घर बिमा गरिएका र स्थानीय उपजमा आधारित दिवा खाजा कार्यक्रम लागु गरिएको तातोपानी गाउँपालिकाले जनाएको छ ।
यस्तै तातोपानी गाउँपालिका प्रवता एवम वडा न ४का वडा अध्यक्ष अमर राेकायाले यस्तै यो अवधिमा जुम्लाकै ठुलो र सुन्दर ताल गिडिदहको प्रचारप्रसार गर्न गिडीदह सम्मेल गरि क्षेत्रफल समेत सार्वजनिक गरिएको छ ।

सम्बन्धित शीर्षक