तातोपानी गाउँ पालिका वडा न ४मा रहेकाे गिडिदहमा २ वर्षको अवधिमा २१३ जना पर्यटक गिडीदहमा पुगे

तातोपानी गाउँ पालिका वडा न ४मा रहेकाे गिडिदहमा २ वर्षको अवधिमा २१३ जना पर्यटक गिडीदहमा पुगेको वडाध्यक्ष अमरवहादुर रोकायाले बताउनु भयो ।
गिडीदहको काठमाण्डौँ विश्वविद्यालयले गरेको अध्ययन प्रतिवेदन अनुसार लम्बाइ १ हजार ५ सय १० मिटर रहेको छभने चौडाई ३ सय १० मिटर, गहिराई ४२.८ मिटर रहेको छ । समुद्री सतहदेखि ३ हजार ४ सय ८५ मिटर उचाइमा फैलिएको गिडीदह कर्णालीको दोस्रो अग्लो उचाइमा रहेको तालमा पर्दछ ।
१५ लाख रुपैयाँमा धर्मशाला निर्माण भएको उहाँको भनाइ छ । अहिले गिडीदहमा जाने पर्यटकलाई धर्मशाला निर्माण हुदा खान बस्नको लागि सहज भएको वडाध्यक्ष रोकायाले बताउनु भयो ।
गिडीदह सम्मेलनको दुई वर्षको अवधिमा भएका गतिविधि र प्रगतिहरु सार्वजनिक गरिएको छ । दुई वर्षको अवधिमा सातवटा महत्वपूर्ण कामहरु भएको तातोपानी ४ का वडाध्यक्ष रोकायाले बताउनु भयो । पहिलो पटक २०७९ असोज ४ देखि ६ गतेसम्म गिडीदह सम्मेलन, तालको नापजाँच प्रतिवेदन सार्वजनिक, पदमार्ग निर्माण, गिडीदह प्रवद्र्धन कार्यक्रम, गिडीदह, भलखोला, फुलच्याउले लामाचौर जाने सडकको डिपिआर, वातारणीय प्रभाव मुल्याङ्कन र गिडीदहलमा धर्मशाला निर्माण भएको उहाँको भनाइ छ ।वडाध्यक्ष रोकायाले जिल्लाकै एक उत्कृष्ट पर्यटकिय गन्तव्य बनाउने र पर्यटनको संख्यामा वृद्धि गर्ने योजना रहेको सुनाउनु भयो । गिडीदहलाई जुम्ला जिल्लाकै पहिलो पर्यटकिय गन्तव्यका रुपमा विकास गर्ने वडाको योजना रहेको उहाँको भनाइ छ । उक्त कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले जुम्लाको पत्रकारहरुले गर्दा गिडीदहको प्रचार प्रशार भएको बताउनु भयो ।
वडाध्यक्ष रोकायाले, आगामी दिनमा हाँकुमा ४५ मिटर लामो पक्की पुल निर्माण गर्ने, पाण्डेवाडा गिडीखोला नदीमा ३० मिटर बेलिबृज निर्माण गर्ने, ऐरेनी देखि भलखोला फुलच्याउले लामाचौरसम्मको २० किलोमिटरको सडक निर्माण गर्ने, फुलच्याउले लामाचौर पाटन क्षेत्रमा स्वच्छ खानेपानीको व्यवस्था गर्ने, फुलच्याउलेमा सुविधायुक्त धर्मशाला निर्माण गर्ने, संचार सुविधाका लागि मोबाईल टावर र ईन्टरनेटको व्यवस्था गर्ने र सकेसम्म गिडीदहमा भ्युटावर निर्माण गर्दा भविष्यमा पर्यटक भित्र्याउन सहज हुने बताउनु भयो ।
गिडीदहको प्रचारले गर्दा तातोपानी गाउँपालिकाको नाम बढी चर्चामा आएको उहाँको भनाइ छ । जुम्लाकै उत्कृष्ट पर्यटकीय क्षेत्रका रुपमा गिडीदहलाई विकास गरिने रावलले बताउनु भयो । यस्तै प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतले जुम्लाको मात्रै नभई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा गिडीदहको विकास गर्नु पर्ने बताउनु भयो ।
स्थानीय सरकार अहिले गिडीदहको संरक्षण र प्रवद्र्धनमा लागि परेको उहाँको भनाइ छ । गिडीदहबाटै तातोपानी गाउँपालिका भित्रका नागरिकको जीवनशैली परिवर्तन गर्न सकिने उहाँले बताउनु भयो । अध्यक्ष चौलागाईले गिडीदहमा बोटिङ्ग गर्न मिल्ने सुविधा प्रदान गर्नको लागि मुगुको रारातालमा तालीम गर्न केहि युवालाई पठाइने बताउनु भयो । यस्तै उपाध्यक्ष रेवति रावल (सिमाले) तातोपानीको समृद्धिसँग गिडीदह जोडिएको बताउनु भयो ।

उहाँका अनुसार, नेपालका तेस्रो ठुलो ताल गिडीदहको विकासका लागि स्थानीय सरकारका तर्फबाट प्रचार प्रशार र प्रवद्र्धनका लागि पछि नहट्ने जानकारी गराउनु भयो । प्रगति सार्वजनिक कार्यक्रममा गिडीदहको प्रचारका निम्ति भएको खर्च समेत सार्वजनिक गरिएको छ । व्यवस्थापनमा ३ लाख ७५ हजार र भिडियो डकुमेन्ट्रिमा २५ हजार खर्च भएको बताईएको छ ।

 

 

सम्बन्धित शीर्षक