जिल्लाकाे तातोपानी गाउँपालिकाका वडा नम्बर १ देखि ६ का ३३ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएकाे छ । तातोपानी-५ स्थित दुर्गा मावि लाम्रामा एक कार्यक्रमका बीच जाेखिममा परेका ३३ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएकाे हाे ।
प्रति बालबालिका नगद् ११ हजारका दरले उक्त सहयाेग गरिएकाे हाे । सामाजिक विकास कार्यलय जुम्लाले ३३ जना जाेखिममा परेका बालबालिका र अभिभावकलाई कुल ३ लाख ६३ हजार बराबरको सहयाेग गरेकाे हाे ।
उक्त अवसरमा बाेल्दै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैलागाईंले स्थानीय सरकारले बालबालिकाकाे क्षेत्रमा उल्लेख्य काम गरेकाे बताए । उनका अनुसार आगामी आ.व.२०८१/०८२ मा गाउँपालिकाले विपन्न बालबालिकालाई छात्रवृत्ति र लत्ताकपडासहित सहयाेग गर्ने नीति लिएकाे छ ।
सहयात्रा परियाेजना र गाउँपालिकाले सात सय जना बालबालिकालाई सहयाेग गर्ने तयारी थालेकाे पनि बताए । अध्यक्ष चाैलागाईंले सामाजिक विकास कार्यालय जुम्लाले गरेकाे सहयाेग सह्रानीय भएकाे बताएका थिए । प्रमुख जिल्ला अधिकारी जयप्रसाद घिमिरेले विपन्न तथा जाेखिममा परेका बालबालिकालाई सहज हाेस् भन्ने उद्देश्यले सहयोग गरेकाे बताएका थिए ।
सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलाराज चाैलागाईंले तातोपानी गाउँपालिकामा रहेका विपन्न बालबालिकाकाे आधारभूत आवश्यकता परिपूर्ति हाेस् भन्ने उद्देश्यले सहयाेग गरिएकाे बताए । उनका अनुसार विभिन्न कारणले विपन्न भएकाहरूलाई हाम्राे लागि पनि राज्य छ भन्ने अनुभूति गराउने कार्यक्रम समेत हाे ।
` याे सानाे सहयाेग हाे । यसले बालबालिकालाई केही राहत हाेस् भन्ने हाम्राे चाहना छ । आगामी दिनमा यस्ता कायर्यक्रमलाई निरन्तरता दिनेछाै ´, प्रमुख चाैलागाईंले भने । कार्यालयकाे उक्त सहयाेगले शैक्षिक साम्रगी किन्नको लागि सहयोग पुग्ने अपेक्षा गरिएकाे छ ।