जुम्लाकाे गुठीचाैर-४ बालविवाह मुक्त वडा घाेषणा

लक्ष्मी न्याैपाने

गाेठीचाैर गाउँपालिका-४ लाई बालविवाह मुक्त वडा घोषणा गरिएकाे छ। शुक्रबार एक कार्यक्रमका बीच गाउँपालिकाकै पहिलाे वडाकाे रूपमा बालविवाह मुक्त वडा घाेषणा गरिएकाे हाे । गाेठीचाैर गाउँपालिका -४ वडा आयोजना, गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको समन्वय तथा वल्डभिजन इन्टरनेशनल नेपाल, किर्डाक नेपाल जुम्लाको साझेदारीमा बालविवाह मुक्त वडा घोषणा गरिएकाे हाे । बालविवाह मुक्त घाेषणा हुने गुठीचाैर-४ जिल्लाकै चाैथाे वडा हाे ।
जिल्लामा ६० वटा वडा छन् । बालविवाह मुक्त घाेषणा गर्ने सबै सुचक पूरा गरेर घाेषणा गाेठीचाैर गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखा प्रमुख सुश्मिता थापा बताइन्। उनका अनुसार त्यो पालिकामा ५ वडा छन् । अशिक्षा, गरिबी, परम्परागत चलन, चेतनाको अभावका कारण पनि बालविवाह हुने गर्छ। पहिले उमेर नपुग्दै युवायुवतीहरूले भागेर विवाह गर्ने चलन रहेको उनले बताइन्। सानै उमेरमा विवाह गर्दा शिक्षा, स्वास्थ्य, सुरक्षासम्बन्धी अधिकारहरूबाट पनि यसले बञ्चित हुने गर्दछ। गुठीचाैर- ४ वडाअध्यक्ष टिकादत्त न्याैपानेले बाल विवाह समाजका लागि हानिकारक भएको बताए। उनले, भने `पहिले भन्दा हाल अवस्था निकै सुधारिएको छ। विगतका भन्दा हाल बाल विवाहको अवस्थामा सुधार भएकाले घोषणाको गरिएकाे हाे ´ नेपाल सरकारले बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२ ले पनि सन् २०३० सम्म नेपालबाट बालविवाह अन्त्य गर्ने मुख्य लक्ष्य लिएको छ। त्यही लक्ष्य अनुसार ‘विवाह वारी २० वर्ष पारी’ नारा दिदै नेपालले सन् २०३० सम्ममा बालविवाह मुक्त देश बनाई सक्ने घोषणा गरेको छ। नेपालको संविधान र बालबालिका सम्बनधी ऐन, २०७५ ले बालबालिकाको हकमा बाल विवाहलाई निषेध गरि सकेको र यसको उन्मुलनको लागि सरकारले अभियान पनि सुरु गरेको छ। बालविवाह गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी सजाय भएको बताए।

 

सम्बन्धित शीर्षक