किर्डाक नेपालले रजत जयन्ति भव्य रुपमा मनाए
किर्डाक नेपालले रजत जयन्ति भव्य रुपमा मनाएको छ । २०५६ साल असार ७ गतेका दिन स्थापना भएको किर्डाक नेपाल जुम्ला २५ औँ वर्ष पार गरेको अवसरमा रजतजयन्ति भव्य रुपमा मनाएको हो । किर्डाक नेपालको रजत जयन्तिमा बोल्दै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले सामाजिक क्षेत्रमा खेलेको भूमिकालाई बिर्सन नहुने बताउनु भयो । उहाँका अनुसार, कर्णाली राजमार्ग निर्माण देखि रेडियो कर्णाली जुम्लाको स्थापन गर्दै संचार क्षेत्रमा गरेको योगदान स्मरण योग्य रहेको जानकारी गराउनु भयो ।
समन्वय आचार्यले कर्णालीको आर्थिक, सामाजिक र सशक्तिकरणमा किर्डाकले गरेको कामको सिको अन्य क्षेत्रले पनि गर्न आवश्यक रहेको उल्लेख गर्नु भयो । यस्तै गुठीचौर गाउँपालिका जुम्लाका अध्यक्ष दानवहादुर बुढाले रजत जयन्तिको अवसरमा संस्थाको प्रगतिका कामना गर्नु भएको छ । सामाजिक परिवर्तनका लागि किर्डाकले गरेको योगदानलाई उहाँले प्रशंसा गर्नु भएको छ । सुशासन र जीविकोपार्जनका क्षेत्रमा किर्डाक नेपालले गरेको कामको उहाँले खुलेर प्रशंसा गर्नु भएको छ ।
संमृद्धिका लागि हरेक क्षेत्रले सकरात्मक काम गरेकोमा कर्णालीको विकास सोचे भन्दा राम्रो हुने उहाँले बताउनु भयो । अध्यक्ष बुढाका अनुसार, कर्णालीमा धेरै गैर सरकारी संस्था भएपनि सबैले राम्रो काम गर्न सकेको अवस्था छैन् । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले विपद्का क्षेत्रमा किर्डाक गरेको कामलाई आगामी दिनमा वस्तार गर्न सुझाव दिनु भएको छ । उहाँका अनुसार, सामाजमा रहेको कुरीति न्युनिकरण गर्न र सभ्य समाज निर्माणमा खेलेको भूमिकालाई सम्मान गर्नु पर्ने उहाँको भनाइ छ ।
रजत जयन्तिको अवसरमा कर्णाली मावि अनामनगरमा अध्ययनरत ३६ जना बहिरा बालबालिकालाई ट्याकसुट, कापी र कलम वितरण गरिएको जिल्ला संयोजक दिपराज रावतले बताउनु भयो । उहाँका अनुसार, प्रति बालबालिकालाई १४ सय ९५ रूपैयाँ बराबरको सामान वितरण गरिएको जानकारी गराउनु भयो । किर्डाकको रजत जयन्तिको अवसरमा वल्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा संचालित बाल स्पन्सरसिप परियोजनाबाट सहयोग गरिएको उहाँको भनाइ छ ।
जिल्ला संयोेजक रावतका अनुसार, बालबालिका प्रति किर्डाक नेपाल संवेदनशिल भएकाले जरत जयन्तिको अवसरमा शैक्षिक सामग्री वितरण गरिएको रावतले जानकारी गराउनु भयो । यस्तै चन्दननाथ नगरपाालिका १० गैरागाउँमा रहेको ठाकुर ज्यु सामुदायिक वनमा ५८ वटा बिरुवा रोपिएको बताउनुु भयो । सल्लो, देवदिया र पिपलका बिरुवा रोपण गरिएको रावतले बताउनु भयो । उहाँका अनुसार, नेपालका २२ वटा जिल्लामा किर्डाक नेपालले काम गर्दै आएका जानकारी गराउनु भयो ।
किर्डाक नेपालले मानव अधिकार, खानेपानी, स्वास्थ्य तथा सरसफाई, गुणस्तरीय शिक्षा, विपद्, खाद्य तथा सम्प्रभुता, सूचनाको अधिकार, कर्णाली राजमार्ग बनाउनमा पहल, सुशासन र जवाफदेहिता र भूकम्प प्रभावित जिल्लाहरुमा पुननिर्माणका कामहरु गरेको रावतले बताउनु भयो । उहाँका अनुसार, आउँदा दिनमा अब किर्डाक नेपालले विश्वले अंगिकार गरेको दिगो विकासको लक्ष्यलाई सहयोग गर्नको लागि हिमाली क्षेत्रका आम नागरिकको अधिकारलाई सुनिश्चिित र जलवायु परिवर्तनले पारेको असरलाई कम गर्नको लागि पैरवी गर्ने बताउनु भयो ।