जुम्लाकी शारदा पछाईंलाई राष्ट्रिय यूवा संघले केन्द्रीय सचिवमा मनाेनित गरेको छ। एमाले निकट संगठन राष्ट्रिय युवासंघ नेपालको केन्द्रिय कमिटीको सचिवमा पछाई मनोनित हुनुभएको हाे ।
लामाे समयदेखि युवा आन्दोलन, रचनात्मक गतिविधि तथा सामाजिक अभियानताको रुपमा सक्रीय पछाईलाई राष्ट्रिय यूवा संघले केन्द्रीय सचिवकाे जिम्मेवारी दिएको हो।
गहन जिम्मेवारी प्राप्त भएको भन्दै नेतृ पछाईंले यूवालाई मुलधारमा ल्याउन निरन्तर लागिरहने प्रतिक्रिया दिनुभएकाे छ ।
‘संघले कर्णालीलाई न्याय गरेकाे छ। कर्णाली प्रदेशको युवा आन्दोलनमा महिला तर्फबाट यति ठूलो जिम्मेवारी प्राप्त गर्नु गाैरवकाे विषय भएकाे पछाईले बताउनुभयो । ‘निर्भिक रुपमा जिम्मेवारी पूरा गर्नेछु। सबैकाे, सल्लाह सुझावबाट अघि बढ्ने प्रतिबद्धता जनाउनुभयाे