लक्ष्मी न्याैपाने
जुम्लाका साहित्यकार तथा सफल किसान रामकृष्ण बुढ्थापा (परिमल जुम्ली) को जुम्लाको रहनसहन र कथा व्याथामा आधारीत गीति नाटक प्रतिज्ञा नामक पुस्तक सोमबार जुम्लामा एक कार्यक्रमका बिच बिमोचन गरिएको छ । २००४ सालमा जुम्लामा जन्मीनु भएका रामकृष्ण बुढ्थापा ( परिमल जुम्ली) द्वारा लिखित गितित नाटक तेस्रो संस्करण “ प्रतिज्ञा“ पुस्तक बिमोचन गरिएको हो ।
गिति नाटकमा जुम्लाको याथार्थ चित्रण,साहु घरकी बुहारी र गरिव घरको छोराको कथा समेटीएको लेखक तथा सहित्यकार रामकृष्ण बुढ्थापा (परिमल जुम्ली) ले बताउनुभयो । उहाँले धेरै नाटक,गित, उपन्यास, कबिता संग्रह र लेख संग्रह जस्ता आफ्नो लेखहरु सावैजनीक गरिसक्नु भएको छ । बिभिन्न संघर्ष र दुःखको जिवन बिताउर्दै आफुले आफ्नो यात्रा पुरा गरेको बताउनुभयो । ७ वर्षको जेल संघर्ष बिताउदा पनि आफ्नो लेखन कलालाई आफुले बिर्सेको बताउनुभयो । यस्तै पुस्तक बिमोचन कार्यक्रममा बोल्र्दै उच्च अदालत सुर्खेत जुम्ला ईजालस जुम्लाका न्यायधिस कैलाश गुरुङ्ले लेखकाको साहित्यीक जीवन र व्याक्तीगत जिवनको कामना गर्नुभएको छ । उहाँका अनुसार प्रतिज्ञा गीति नाटक पढ्दा मुना मदनको झल्को दिने बताउनुभयो । उहाँले भन्नुभयो, यस्ता खेलकलाई जुम्ला मात्र नभएर सिङ्गो नेपालले सम्मान गर्नुका साथै चिन्नु पर्ने बताउनुभयो ।
न्यायाधीश गुरुङका अनुसार मान्छे पुरानो भए पनि रचना र साहित्य पुरानो कहिले नहुने हुदा आफ्नो लेखन सैलीलाई निरन्तरता दिन उहाँले सुझाव दिनुभएको छ । आगामी दिनमा यस्ता खालका कृतिहरु जुम्ला लगाएत देश भरका नागरिकले पढ्न पाउने गरि बिमोचन गर्न उहाँले सुझाव दिनुभएको छ ।
यस्तै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले रामकृष्ण बुढ्थापाको योगदानले गर्दा आज हामी पनि समाजमा उदयमान हुन पाएको बताउनुभयो । पहिले देखि नै सन्यासि भएर आउनु भएका बुढ्थापा एक असल किसान र असल साहित्यकार भएकाले खुसि लागेको बताउनुभयो । उहाँले भन्नुभयो, बुढ्थापाले रचना गरेको यो कला हाम्रो समाज परिवर्तन गर्ने बताए।
यस्तै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार हाम्रो समाज पर पिडक रहेको बताए । उहाँका अनुसार समाजमा रहेका बिकृती विसंगति लाई न्युनिकरण गर्न लेखक तथा रचनाकारको महत्त्वपूर्ण हात रहने बताउनुभएको छ । उहाँले भन्नुभयो, समाज परिवर्तन गर्न र समाजमा सु–व्यवस्था कायम गर्न लेखक र पत्रकारको भुमिकाले समाज सुधार हुँदै जाने उहाँको भनाइ रहेको छ । प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार यो योगदानलाई आगामी दिनमा पनि यसरी देख्न पाउ र सु– स्वास्थ लाभको कामना सहित प्रगतिको आशा गरेको बताए ।
मानव मरेर गए पनि रचना कहिल्यै नमर्ने हुदा यस्ता खालका रचनालाई हामी सबैले जोगाएर राख्न अनुरोध गर्नुभएको छ । यस्तै नेकपा एमाले जुम्लाका पार्टी अध्यक्ष शान्तीलाल महतका अनुसार प्रतिज्ञा गीति नाटकका लेखक रामकृष्ण बुढ्थापा एक कुशल र समाजसेवी व्याक्ती रहेको बताए ।
उहाँका अनुसार भुमिगत राजनितीक काल देखि नै आफ्नो लेखन शैली देखि कम्युनिस्ट आन्दोलनमा हुमिएको बताउनुभयो । उहाँले भन्नुभयो, यो उमेरमा समेत आफ्नो लेखन लाई निरन्तरता दिएको देख्दा खुसि लागेको सुनाउनुभयो । कार्यक्रममा जिल्लाका सरोकारवाला निकाया राजनितिक दल लगाएतको सहभागिता रहेको थियो ।