पातारासी ५ पानीधारामा १ तले भवन शिलान्यास

 

लक्ष्मि न्याैपाने
पातरासि ५ पानीधारामा चालू आर्थिक वर्षभित्र ६ काेठे १ तले भवन निर्माण हुने पातारासी गाउँपालिकाका अध्यक्ष पुर्णसिंह बाेहाेराका बताउनु भयाे ।उहाँका अनुसार ४० लाख लागतमा १ तले भुकम्प प्रतिराेधि पक्की भवन निर्माणकाे काम अगाडि बढेकाे अध्यक्ष बाेहाेराले बताए। पातारासी गाउँपालिकामा भाैतिक संरचना समेत थपिदै गएकाे बताउदै अध्यक्ष बाेहाेराले पातारासी ५ मा निर्माण हुने वडा कार्यालयकाे भवनबाट सेवा प्रवाहमा सहजता आउने विश्वास व्यक्त गरेका छ । उपभोक्ता समिति मार्फत भवनकाे काम तीव्र गतिमा भइरहेकाे उनले बताए ।
गाउँपालिका भाडाकाे घरबाट सञ्चालन गर्नुपर्ने बाध्यताका बिच वडा कार्यालयकाे आफ्नै भवन निर्माण सुरु हुनु सुखद भएकाे पातारासी गाउँपालिकाकि उपाध्यक्ष जनमाया राेकायाले बताउनु भयाे।पातारासी ५ का स्थानीय रत्न बुढा, हरि बुढा र मुनवहादुर बुढाले ८५० वर्गमिटर जग्गा वडाको नाममा निःशुल्क उपलब्ध गराएकाे वडा अध्यक्ष दत्त बहादुर बुढाले बताउनु भयाे। । भाडाकाे घरमा चलिरहेकाे वडाले अब आगामी आर्थिक वर्षमा आफ्नै सुविधा सम्पन्न भवन बाट सेवा प्रवाह गर्ने वडा अध्यक्ष बुढाले बताए।जुम्लाकाे पातारासी गाउँपालिका वडा नम्वर ५ काे भवन शिलान्यास गरिएकाे छ। पातारासी गाउँपालिकाका अध्यक्ष पुर्णसिंह बाेहाेरा, उपाध्यक्ष जनमाया राेकाया, वडा अध्यक्ष दत्त बहादुर बुढा लगायतकाे उपस्थितिमा आज वडा कार्यालयकाे भवन शिलान्यास गरिएकाे हाे। पातारासी ५ पानीधारामा चालू आर्थिक वर्षभित्र ६ काेठे १ तले भवन निर्माण हुने पातारासी गाउँपालिकाका अध्यक्ष पुर्णसिंह बाेहाेराले बताएका छन्।

सम्बन्धित शीर्षक