प्याप्सनद्वारा जिल्लास्तरीय प्रतिभा पहिचान कार्यक्रम सम्पन्न

जुम्लामा रहेका माध्यमिक तहका बिद्यालयका बिद्यार्थीको प्रतिभा पहिचान गर्नको लागि जिल्ला प्याप्सन जुम्लाले गाउँपालिका स्तरीय माध्यामिक तहका बिद्यार्थीको प्रतिभा पहिचान कार्यक्रम गरेको छ । बिद्यार्थीमा रहेको कला गला प्रस्फुटन गर्न प्रतिभा पहिचान कार्यक्रम गरिएको हो । सामाजिक बिकास कार्यालय जुम्लाको आर्थिक सहयोग, चन्दननाथ नगरपालिका जुम्लाको समन्वय र जिल्ला प्याप्सन जुम्लाको आयोजनामा बिद्यार्थीको प्रतिभा पहिचान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा लैङ्गगिक हिंसा बिरूद्वका बारेमा वक्तृत्वकला प्रतियोगिता र एकल गाएन प्रतियोगिता गरिएको छ।।जुम्लामा रहेका एउटा नगरपालिका र चार वटा पालिकामा रहेका सामुदायिक विद्यालयकाे ५ वटा बिद्यालयकाे सहभागीता जनाएका थिए ।

चन्दनाथनगरपालिका कर्णाली माध्यमिक विद्यालय अनामनगर जुम्ला तातोपानी गाउँपालिका नेत्र ज्याेती माध्यमिक विद्यालय हाकुँ।पातरासि गाउँपालिका ऋण माेक्ष माध्यमिक विद्यालय डिल्ली चाैर जुम्ला । गाेठिचाैर गाउँपालिका सत्यबादि माध्यमिक विद्यालय दशाैधि जुम्ला विद्यालय कनका सुन्दरि गाउँपालिका जुम्लाकाे पाण्डगुफा माध्यमिक विद्यालय जुम्ला ।पाँच बिद्यालयले सहभागि जनाएको आयोजक जिल्ला प्याप्सन जुम्लाले जनाएको छ।

नगरपालिका गाउँपालिकामा रहेका माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला र एकल गाएन प्रतियोगिता गरिएको जिल्ला प्याप्सन जुम्लाका अध्यक्ष तथा कैलाश बोधि माध्यामिक बिद्यालयका प्रधानाध्यापक टासि लामाले बताउनुभयो । जिल्ला प्याप्सन जुम्लाले गरेको प्रतिभा पहिचान कार्यक्रममा लैङिक हिंसा बिरूद्वमा छात्रा वक्तृत्वकला प्रतियोगिता र एकल गायन प्रतियोगिता गरिएको जानकारी दिनुभयो।उहाँका अनुसार प्रतिभा पहिचान कार्यक्रममा गरिएको आयोजना बाट छात्रा बक्तित्वकला प्रतियोगिता बाट वक्तित्वकलामा कनकासुन्दरी गाउँपालिकाका सृष्टी भट्ट प्रथम, यस्तै दृतियमा तातोपानी गाउँपालिकाकी गिता बुढा हुनुभएको छ । यस्तै चन्दननाथ नगरपालिकाकी अन्जली रोकाया तृतिय हुनुभएको छ, भने चौथोमा पातारासि गाउापालिकाकी उर्मिला रावत हुनु भएको भने पाँचौमा गुठिचौर गाउापालिकाकी पुस्तीका न्यौपाने आउनुभएको छ ।

यस्तै छात्रा, छात्र एकल गायन प्रतियोगितामा छात्र तर्फ पातारासि गाउँपालिकाका दिलक बुढा प्रथम भएको आयोजक प्याप्सन जुम्लाले जनाएको छ । यस्तै दृतियमा एसिया ईन्टरनेष्नल स्कुलकी शिवालक्ष्मी डाँगी हुनुभएको छ भने तृतियमा पातारासिकी विनिता बोहोरा हुनुभएको छ ।यस्तै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गाैरि नन्द आचार्यले ब्याक्तीमा कुनै न कुनै प्रतिभा हुने भएकाले सो प्रतिभा पहिचान गर्नको लागि यस्तो कार्यक्रम गनुपर्ने र लुकेर रहेको प्रतिभा बाहिर ल्याउन नगर पालिका गाउँ पालिकाहरूले बजेट बिनियाेजन गर्नु पर्ने बताउनु भयाे।

यस्तै अकाेराव कर्णालि प्रदेश जुम्लाका अध्यक्ष तथा रेडियो कर्णाली जुम्लाका स्टेसन म्यानेजर बिभिन्न वडा र गाउँ पालिका हुँदै जिल्ला स्तरीय रूपमा प्रतिभा प्रहिचान हुने खालका कार्यक्रम गरेको खन्डमा कुना कदारमा लुकेर रहेका प्रतिभालाइ बाहिर ल्यान सकिने बताउनु भयाे। यस्तै सामाजिक बिकास कार्यालय जुम्लाका सामाजिक

बिकास अधिकृत तुलाराज चौलागाईका अनुसार जब सम्म आफुमा रहेको प्रतिभा प्रस्फुटन गर्न सक्दैन तब सम्म प्रतिभा पहिचान गर्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमका लागि सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाउनु भएकाे छ।यस्तै जिल्ला खेलकुल बिकास समिति जुम्लाका सदस्य सचिब सगितामहिलाकाे लागि बिभिन्न किसिमका कानुन बने पनि ढडामा मात्र सिमित रहेको र

महिला हिसाँ तथा बल्तकारका घटना झनै बढदै गएकोे यसलाई अनत्य गर्नकाे लागि सरकारकाे ध्यान जान जरूरि रहेको बताउनु भयाे।उहाँका अनुसार महिला भनेको सत्य र बिजयकाे प्रतिककाे रूपमा पनि लिने गरेको पाईएकाे बताउनु भयाे। प्रयाेगिलाई नारि दिवशकाे अबसरमा पुरूषकार बितरण गरिने कैलास बाेधि बाेडिङका काेडिनेटर  अनन्त प्रसाद  उपाध्यायले जानकारि दिनु भएको छ ।

सम्बन्धित शीर्षक