जुम्लामा पौष ८ गतेदेखि खोप अभियान चल्ने

लक्ष्मी न्यौपाने, जुम्ला ।

जुम्लामा यही पौष ८ गतेदेखि खोपअभियान चल्ने भएको छ । पहिलो चरणमा पौष ८ देखि १० गते सम्म हिमा,सिंजा र कनकासुन्दरीमा चल्ने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए । उनका अनुसार दोस्रो चरणमा पौष ११ देखि १३ गते सम्म चन्दननाथ,पातारासी,गुठिचौर,तिला र तातोपानीमा खोप अभियान चल्ने भएको हो ।

१६ बर्ष देखि ५४ बर्षका ५४ हजार ६ सय ३५ जनालाई खोप लगाइने भएको उनले बताए । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको सयोजकत्वमा बसेको जिल्ला स्तरी बैठकले खोप अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।

प्रमुख आचार्यले खोप अभियानलाई आ आफ्नो तर्फबाट साथ दिन आग्रह गरे । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु उत्तम भएको बताए । उनले सबैले सहकार्य गरेको खण्डमा अभियान प्रभावकारी रुपमा सफल हुने उनको भनाई छ ।

बैठकमा जिल्लाका सरोकारवाला निकायाहरु,सुरक्षा निकाय,स्वास्थ्यकर्मीहरु,पत्रकारहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित शीर्षक