हिमानी ट्रस्टद्वारा तातोपानीका किसानहरूलाई राहत

लक्ष्मी न्याैपाने, जुम्ला ।

हिमानी ट्रस्टले ब्लाष्ट राेगकाे संक्रमणका कारण धानबाली नष्ट भएका किसानहरूलाइ राहत स्वरूप चामल उपलब्ध गराएको छ । तातोपानी ४,५ र ६ का किसानहरूलाइ पाँच सय २७ बाेरा चामल दिईएकाे हाे ।

ब्लाष्ट राेगका कारण ८० हेक्टर क्षेत्रफलमा लगाइएकाे धानबाली नष्ट भएको थियाे । गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाईले हिमानी ट्रस्टले किसानकाे पिडामा मलहम लगाएकाे बताए । उनले भने,´धानमा लागेकाे राेग हेर्न सबै आए । राहत संकलन तथा वितरणमा काेही लागेन ।तर हिमानी ट्रस्टले किसानकाे मर्का बुझेकाेमा धन्यवाद दिन चाहन्छौं ।´

तातोपानी ५ का वडाध्यक्ष छिरिङ महतले किसानकाे आवश्यकता र मर्का बुझेकाेमा हिमाली ट्रस्टले गरेकाे काम प्रसंसनीय रहेको बताए । आगामी दिनहरूमा समन्वय,सहकार्य गरेर जुम्लाबासीकाे हितमा काम गर्नु पर्नेमा जाेड दिए ।

यसैगरी ट्रस्टले जिल्लाका २२ वटा विद्यालयमा स्टेसनरी,न्यानाे कपडा,झाेलाहरू प्रदान गरेकाे छ । हिमानी ट्रस्ट जुम्लाका अध्यक्ष गाेकर्ण कठायतका अनुसार २०७९ सालकाे

बाढीले प्रभावित हिमाका ९५ बाढीपिडितलाइ भाडाकुडा,तिला ६,७,८ र ९ का एक हजार बालबालिकालाई न्यानो कपडा दिईएकाे छ ।

उनले हिमाकाे आवासीय विद्यालय, गुठिचाैरकाे हिमाली रम्बा आवासीय विद्यालयलाइ न्यानाे कपडा र स्टेसनरी दिइएको बताए ।

कर्णाली मावि अनामनगरमा फुटबल र जर्सी दिनुका साथै भैरब मावि नराकाेटमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई हार्माेनियम,पियानाे लगायतका बाध्यबाद्दन सामाग्री उपलब्ध गरिएको छ ।

हरेक पालिकामा पुगेर राहत सामाग्री वितरण गरिरहेकाे छ । विद्यालयमा शैक्षिक सामाग्री,न्यानो कपडा,खेलकुदका सामाग्री, लगायतका लाखाैं मुल्य बराबरकाे राहत सामाग्री बाँडेको हाे ।

हिमानी ट्रस्टका अध्यक्ष गाेकर्ण कठायतले ले गाउँगाउँमा पुगेर राहत सामाग्री बाँडेकाे बताए । हिउँदे सिजनमा चिसाे अत्यधिक हुने र कापीकलमकाे अभाव झेलिरहने भएकोले राहत सामाग्री दिईएकाे हाे ।

सम्बन्धित शीर्षक