निर्माण व्यवसायी संघ जुम्लाको अध्यक्षमा दोहारिए बुढ्थापा

लक्ष्मी न्यौपाने,जुम्ला,

निर्माण व्यवसायी संघ जुम्लाको सातौं चुनावी अधिवेशनबाट अध्यक्षमा गगन बुढ्थापा सर्वसहमत दोहोरीएका छन । । उनी दोस्रो कार्यकालको लागि दोहोरीएका हुन । जुम्लामा क्रियाशिल निर्माण व्यवसायीहरुले सर्वसहमत नेतृत्व चयन गरेका हुन ।

सह अध्यक्षमा सुरेन्द्र महत,प्रथम उपाध्यक्षमा तुलबहादुर रावत,द्धितीय उपाध्यक्षमा सुमन खड्का,तृतीय उपाध्यक्षमा दया खत्री चयन भएका हुन ।

यसै गरी सचिवमा सुभास महत,कोषाध्यक्षमा राजेश महत,सह सचिवमा रविन्द्र महातारा,सह कोषाध्यक्षमा कल्पना खत्री महत र बरिष्ठ खुल्ला सदस्यमा बखतबहादुर कठायत चुनिएका हुन ।

सदस्यहरुमा साउने कामी,अजबहादुर रावल,सिंह कामी,बालकृष्ण बुढा,बलबहादुर सार्की,गोरबहादुर बुढा चयन भएको निर्वाचन अधिकृत मीनबहादुर महतले जानकारी दिए । उनका अनुसार महिला सदस्यमा पार्वती रावल,दलित सदस्यमा टक्कबहादुर नेपाली र जनजाती सदस्यमा टॉसी लामा सर्वसम्मत चयन भएका हुन । निर्माण व्यवसायी संघ जुम्लाको कार्य समिति २० जनाको रहेको उनको भनाइ छ ।

सर्वसम्मत चयन भइसकेपछि अध्यक्ष बुढ्थापाले निर्माण व्यवसायीहरुको हकहितको लागि हदै सम्मको पहल गर्ने बताए । उनले भने,‘तपाइहरुले मलाइ दिलाउनु भएको विश्वास टुट्न दिनेछैन । ’

यसअघि निर्माण व्यवसायी संघका चरम राजनीति हुने गरेकोमा यो पटक छलफलका आधारमा सहमतिद्धारा कार्य समिति चयन गरिएको हो ।

सम्बन्धित शीर्षक