जुम्लामा पशुवस्तुको उपचार गर्न काउ लिफट् सञ्चालन

लक्ष्मी न्यौपाने,जुम्ला ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लामा पशुबस्तुको उपचारको लागि काउ लिफ्ट सञ्चालनमा ल्याइएको छ । जसले गाइबस्तुलाई उठाउन र खोप तथा उपचार गर्न सहज भएको हो ।
अहिले लम्पी स्किन रोगका कारण अधिकांस गाइबस्तुहरु बिरामी छन । उनीहरुलाई काउ लिफ्टमा राखेर उपचार गर्न सहज भइरहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले जानकारी दिए ।
उनका अनुसार तीन महिना देखि जुम्लाका काउ लिफ्ट सञ्चालनमा ल्याइएको हो । काउ लिफ्टले चन्दननाथ,पातारासी र गुठिचौरका किसानहरुलाई राहत मिलेको छ । पछिल्लो समयमा गाइहरुमा लम्पी स्किनले छालामा दाग नै दाग छन । उपचार गर्न मानिसहरुले समातेर संभव हुदैन,प्रमुख बु्ढाले भने,‘अहिले काउ लिफटले निकै सहज बनाएको छ । ’

उनले आगामी बर्षहरुमा दुर्गम स्थानीयतहमा समेत काउ लिफ्टको व्यवस्था गर्न पहल हुने उनको भनाइछ । यो संगै पशु सेवा कार्यालय जुम्लाले पशु स्वास्थ्य सेवा,उपचार तथा खोप सेवा,पशु आहार कार्यक्रम,प्रशासनिक काम र अनुदानमुखी कार्य गरिरहेको छ ।
वैधानिक रुपमा दर्ता भएर सञ्चालन भइरहेका फार्म,समुह,सहकारी संग लागत साझेदारी गरेर किसानहरुलाई सेवा प्रदान गर्ने काम भइरहेको प्रमुख बुढ्थापाले बताए ।
उनले प्रयोगशाला सेवा सञ्चालन भएर आधारभुत जाचको काम भइरहेको बताए । रगत,जुकाको अण्डा पहिचान,थुनेल,लुतोको परीक्षण गर्ने काम भइरहेको छ । यहाँ परीक्षण हुन नसकेका नमुना सुर्खेत पठाउने उनको भनाइछ । उनले किसानहरुलाई खोप कार्ड सुरक्षित राख्न सुझाव दिएका छन ।

सम्बन्धित शीर्षक