लक्ष्मी न्यौपाने,जुम्ला
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जुम्लाको सातौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । हाम्रो अभियान,अग्रजलाई सम्मान,नव प्रतिभालाई प्रोत्साहन भन्ने नाराका साथ साधारणसभा सकिएको हो ।
साधारणसभामा सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलराज चौलागाईले प्रतिष्ठानले लोक तथा दोहोरीका क्षेत्रमा राम्रो काम गरेको बताए । कर्णालीमा पुराना,झोडा,मागल र कला संस्कृतिहरु छन,उनले भने,‘संस्कृति बगेर जाने खोला भएकोले बचाउन सबैले साथ दिन जरुरी छ । ’
उनले सामाजिक विकृती र कुरीति हटाउन सामाजिक विकास कार्यालयले सदैव साथ दिने बताए । सामाजिक रुपमा जरा गाडेर बसेको छुइप्रथा,बालविवाह लगायतका कुरीति हटाउन सचेतनामुलक कार्यक्रम गर्नु अहिलेको आवश्यकता रहेकोमा उनको जोड छ ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जुम्लाका अध्यक्ष कर्ण बुढथापाले लोक दोहारी प्रतिष्ठानले प्रतिभाहरुको पहिचान गरेर प्रस्फुटन गर्ने काम गरेको बताए । सिर्र्जना भक्री र भगवती नेपाली इन्द्रेणी सम्म पुगेर कला पस्किनु जुम्लाको लागि लोकदोहोरी क्षेत्रमा राम्रो उपलब्धि भएको बताए ।
कलामा रुची भएका कलाकारहरुलाई संरक्षण गर्नुका साथै अघि बढाउने योजना रहेको उनको भनाइछ । प्रतिष्ठानका सचिव विश्वराज खत्रीले जस्तो सुकै कार्यक्रम भएपनि राम्रो संग कार्यक्रम चलाउन सक्ने भएकोले ठुलो उपलब्धि भएको बताए ।
उनले कलाकारहरुको प्रतिभाको सम्मान गर्दै उनीहरुको संरक्षणको काममा समेत प्रतिष्ठान लागि परेको बताए । वरिष्ठ उपाध्यक्ष आनन्द अधिकारीले कर्णालीमा देउडा र दोहोरी पहिचान भएकोले सबैले बचाएर राख्नुपर्नेमा जोड दिए । पहिले महिला दिदिबहिनीहरूलाई सजिलै दोहोरीगीत गाउन सक्ने अवस्था नभएको र अहिले सहजरूपमा कलाकार भएर गाइरहेकोमा बताए ।
कलाकार र पत्रकारको भुमिका अरूले निर्माण गर्न नसकने भन्दै उनले समाजको रूपान्तरको लागि काम काम गर्न समेत आग्रह गरे । कार्यक्रममा कला र प्रतिभा भएका कलाकारहरु सहभागि थिए ।