लक्ष्मी न्यौपाने
लौरोको साहारामा हातले गहुँ चुट्दै आएका किसान पछिल्लो समय आधुनिक थ्रेसर मेसिनतर्फ आकर्षित भएका छन् । गहुँ चुट्नको लागि धेरै जनशक्ति आवश्यक पर्ने र समय पनि बढी लाग्ने भएकाले किसानहरु थ्रेस मेसिनमा आकर्षित भएका हुन् । थ्रेसर मेसिनले समयको बचत र कम लागतमै काम हुने भएकाले बढी आकर्षित भएको कनकासुन्दरी गाउँपालिका वडा नम्बर २ मालिकाबोताका हरी कामीले बताउनु भयो ।
असारको मध्येतिर मालिकाबोता गाउँका छतहरुमा किसानहरुलाई थ्रेसर मेसिनको प्रयोगले गहुँ चट्न भ्या नभ्याई थियो । गाउँका किसानहरुले गहुँ भित्र्याई सकेकाले त्यति बेला मेसिनबाट गहुँ चुट्ने चटारो चलेको उहाँको भनाइ छ । धेरै जनाले गर्न सक्ने काम एउटै मेसिनबाट हुने भएकाले थ्रेसर मेसिनबाटै सबैले गहुँ चुट्ने गरेको हरीले बताउनु भयो ।
उहाँले भन्नुभयो, थ्रेसर मेसिनको प्रयोगले काम छिटो हुने, खर्च पनि कम लाग्ने र समयको बचत हुने भएकाले किसानहरु खुसी भएको उहाँले बताउनु भयो । एउटा घरको गहुँ चुट्न बढीमा २ घण्टा जति समय लाग्ने गरेको उहाँले जानकारी गराउनु भयो । हातले गहुँ चुटुदा केलाउनु पर्ने, बताउने र पराल लग्याउनु पर्ने झनझट हटेको उहाँको भनाइ छ ।
अहिले मेसिनको प्रयोगले गहुँ चुट्दा केहि पनि गर्नु पर्देन । उहाँले भन्नुभयो, गाउँभरी मेसिन प्रयोग गरी गहुँ चुट्ने होटबाजि चलेको छ । गहुँ चुट्ने घरले पेट्रोल आफै किन्ने गरेका छन् । मेसिन प्रयोग गरेको भाडा मात्रै तिर्ने गरेको उहाँले सुनाउनु भयो । थ्रेसर मेसिनले काम गर्दा पैसा र समयको बचत हुने भएकाले किसान थे्रसर मेसिनतर्फ आकर्षित भएको मालिकाबोता महिला बहुउद्देशिय सहकारी संस्थाका अध्यक्ष धनसरी बुढाले बताउनु भयो ।
गाउँमा समूहको एउटा र निजि एउटा गरी दुईवटा मेसिन रहेको उहाँले जानकारी गराउनु भयो । महिलाहरुको कार्यबोज घटाउनका लागि कृषि विकास कार्यालय जुम्लाले अनुदानमा सहकारीलाई थ्रेसर मेसिन दिएको उहाँले बताउनु भयो । अहिले उक्त मेसिन भाडामा दिने गरेको उहाँले जानकारी गराउनु भयो ।
प्रति केजी गहुँ चुटेको ३ रुपैयाँ लिने गरेको उहाँको भनाइ छ । ५० केजि गहुँ चुटेमा १५० रुपैया हुन्छ, उहाँले भन्नुभयो, ५५ प्रतिशत रकम सहकारीमा राख्ने र ४५ प्रतिशत रकम कामदारलाई दिने गरेका छौँ । गहँु चुटेर संकलन भएको रकम सहकारीका नाममा जम्मा गर्ने गरेको उहाँले बताउनु भयो ।
अध्यक्ष बुढाका अनुसार कृषि विकास कार्यालयले जुम्लाले आर्थिक वर्ष २०७५।०७६ मा मेसिन दिएको जानकारी गराउनु भयो । मेसिन पाएको झण्डै ५ वर्ष भइसकेको बताउँदै उहाँले भन्नुभयो, अहिलेसम्म मेसिन राम्रैसँग चलेको छ । ७० प्रतिशत कृषिको अनुदान र ३० प्रतिशत सहकारीको अनुदानमा उक्त सहकारीले थ्रेसर मेसिन पाएको हो ।
हाल सम्म मेसिन भाडामा दिएर सहकारीले झण्डै ६० हजार रुपैयाँ उठाई सकेको अध्यक्ष बुढाको भनाइ छ । बिचमा मेसिन बिग्रीदा सोचे जस्तो भाडा उठाउन नसकेको उहाँले जानकारी गराउनु भयो । यो मसिने पाएबाट हातले गहुँ चुट्नु पर्ने झनझट हटेकोमा बुढाले खुसी व्यक्त गर्नुभयो ।
गाउँमा आलोपालो गरी गहुँ चुट्ने चलन थियो, उहाँले भन्नुभयो, अहिले मेसिन भएबाट करिब १० वटा घरको गहुँ एकै दिनमा चुट्न भ्याएको छ । थ्रेसर मेसिनले गहुँको पराल र दाना छुट्याउने भएकाले झनझट हटेको उहाँको भनाइ छ । कम समय र कम लागतमै गहुँ चुट्ने भएकाले मेसिनको उपयोग बढेको बुढाले जानकारी गरानु भयो ।
गाउँमै गहुँ चुट्ने मेसिन भित्रिएपछि किसानहरुको दुःख हटेका छन् । गहुँ काटेर घरमा ल्याई सुकाइ सकेपछि दुई चार जनाले मरि मरि चुट्नु पथ्र्यो र बल्ल दाना झथ्र्यो । उहाँको भनाइमा गहुँको दाना छुट्याउन सबैभन्दा बढी दुःख हुने नै कुट्ने बेला हो । बालाबाट दाना झरेपछि सुपोमा निफानेर गहुँ एकातिर र भुस अर्कोतिर पारिने बुढाले बताउनु भयो ।
गहुँ चुट्ने मेसिन भित्रिएपछि गहुँ काटेर ल्याएपछिका दुःख भने गर्नु परेको छैन् । गहुँको बाला तयार पारेर मेसिनमा हालेपछि गहुँको दाना एकातिर र भुस अर्कोतिर छुट्टिने रहेछ, अहिले त हामीलाई हाईसञ्चो छ उहाँले भन्नुभयो । थ्रेसरले गहुँ चुट्दा दुःख कम भएको मात्र होइन गहुँ चुट्न लाग्ने खर्च पनि कम भएको छ ।