जुम्ला : एकीकृत पोषण तथा उत्थानशील जिविकोपार्जन परियोजनाको समीक्षा तथा कृषक दिवस कार्यक्रम सम्पन्न भएको छ । यो परियोजना पोषण र जिविकोपार्जनको क्षेत्रमा काम गर्ने किर्डाक नेपाल, जुम्ला अन्तर्गत वल्र्ड भिजन कोषको सञ्चालित परियोजना अन्तर्गत समीक्षा तथा कृषक दिवस कार्यक्रम सम्पन्न भएको हो । परियोजनाले पोषणका क्षेत्रमा काम गर्दै आएको छ ।
यस परियोजनाको मुख्य नतिजा भनेको बालबालिकाको राम्रो पोषण हो । परियोजनाले प्रदेश स्तरको सरकारको नीतिगत स्तरलाई प्रभाव पार्ने गतिविधि गर्दै आएको छ । कार्यक्रम अन्तर्गत जलवायु परिवर्तनका असरलाई र न्युनिकरणका लागि विभिन्न क्रियाकलापहरु सञ्चालन गरिएका छन् । जसमध्ये जलवायु मैत्री कृषक पाठशाला एउटा उदाहरण हो ।
जलवायु कृषक पाठशाला भनेको त्यस्तो पाठशाला हो । जहा कृषक समुदायमाझ जलवायु सम्बन्धि जानकारी दिने गरिएको छ । कृषक समुदायको ज्ञान तथा बुझाइलाई बढाएर कृषि उत्पादन तथा उपादकत्व बढाउन सकिने परियोजनाले जनाएको छ ।
जलवायु परिवर्तनका असरलाई कम गर्नका लागि जलवायु पाठशालाले कृषक समुदायमा अनुसन्धान तथा सिकाइको माध्यम सिर्जना गर्दछ ।
यसमा कृषकहरुलाई लाभ लागत विश्लेषण, बजारको माग तथा डिजिटल बजारका माध्यमका जानकारीहरुमा पनि अभिमुखीकरण गरिन्छ, ताकी उनीहरुले बजारमुखी उत्पादन योजना बनाउन भन्ने उद्देश्य रहेको छ ।परियोजना अन्तर्गत २ ओटा जलवायु मैत्री कृषक पाठशाला रहेका छन् ।
ती पाठशाला तिला गौपलिकाका वडा न ७ (घोडेसिम) र ८ (पुरु) गाउँहरुमा बिगतको ५ महिनाबाट सञ्चालन गरिएको तियो ।
प्रशिक्षक मान सिंह रावतले पहिले थुप्रै पाठशाला सञ्चालन गरिएपनि कृषि संग मात्रै सम्बन्धित भएको बताए । अहिलको पाठशाला निकै प्रभावकारी देखिएको उनले बताए । किसानहरुको उत्पादनमा वृद्धि भइरहेको उनको भनाइ छ ।
समूहकी अध्यक्ष लिमा रावतले पाठशालामा आलु उत्पादन सम्बन्धित उन्नतखेती, रोगकिरा व्यवस्थापन, मलखाद व्यवस्थापन र सिँचाई व्यवस्थापनको कुरा सिक्न पाएको बताइन् ।