आधुनिक खेती अपनाउदै किसान
जुम्लाका किसानहरु आधुनिक खेति प्रर्णाली अपनाउन थालेका छन । उनीहरु परम्परागत निर्वाहमुखी खेति प्रर्णाली त्यागेर आधुनिक खेति प्रर्णालीमा होमिएका हुन । चन्दननाथ १ की मालिका अगुवा किसान सीमा खत्री आलु खेतिमा व्यस्त छिन । उनी आलु खेति गर्दै आइरहेको धेरै बर्ष भइसक्यो तर अहिले उनी आधुनिक तरिकाले खेतिगर्दै आइरहेकी छिन । आफुले गरिरहेको आलुखेतिको बारेमा अरुलाई पनि सिकाइरहेकी छिन ।
तिला गाउँपालिका ६ रिपी गाउँका दिलबहादुर रावत टमाटर उत्पादन गर्ने किसान हुन । उनी आफुले उत्पादन गरेको टमाटर गाउँलेहरुलाई बेच्छन् । नजिकै रहेको बजारहरुमा लिएर मनग्गे आम्दानी गरेको उनले बताए । गाउँमा टमाटर खेतिको विधि र संरक्षण गर्ने तरिकाबारे सबै किसानलाई सुझाँउदै आइरहेका छन ।
तातोपान ३ का विमला रावत स्थानीय कृषि स्रोत व्यक्ति हुन । उनले कृषि क्षेत्रमा हुने तालिमहरुबाट सिकेका कुराहरु गाउँमा गएर सबैलाई आदान प्रदान गर्छिन । रैथानेबालीको उत्पादन र खेति प्रर्णालीको बारेमा उनी जानकार समेत भइसकिन ।
एकिकृत पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्र्तगत किसानहरुलाई तालिम प्रदान भइरहेको छ । पोषण र जीविकोपार्जनको क्षेत्रमा काम गर्ने किर्डाक नेपाल,वल्र्डभिजन कोषमा सञ्चालित परियोजना हो। यो आयोजनाले कर्णाली प्रदेशको जुम्ला जिल्लाका ४ गाउँपालिकाका २६ वटा वडा र १ नगरपालिकालाई समेटेको छ ।
यस परियोजनाको मुख्य नतिजा भनेको बालबालिकाको राम्रो पोषण हो परियोजनाले प्रदेश स्तरको सरकारको नीतिगत स्तरलाई प्रभाव पार्ने गतिविधिसँग सम्बन्धित छ । परियोजनाका प्रत्यक्ष लाभार्थीहरू सबै नगरपालिका र गाउँपालिकाका सबैभन्दा जोखिममा परेका घरपरिवारहरू छन् । जसमा आरसी परिवार, बाल प्रमुख परिवार, एकल महिला, युवा फर्केका, दैनिक ज्यालामा आश्रित परिवार, वृद्ध परिवार, प्रगतिशील किसान हरु रहेको किडार्क नेपालका अधिकृत सरु महतले जानकारी दिइन् ।
तालिममा किडार्क नेपालका पंकेश्वर र अजित थापा पनि तालिममा सहभागि भएका थिए ।