गणतन्त्र दिवसका अवसरमा जुम्लामा प्रभातफेरी कार्यक्रम

  १६ औं गणतन्त्र दिवसको अवसरमा जुम्लामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । जेठ १४ गते नगर सरसफाइ गरिएकोमा पन्ध्र गते प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो । १६ गते दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
प्रभातफेरी पछि उद्योग वाणिज्य संघको हलमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले गणतन्त्र प्राप्तिको लागि सर्बैको एक्केबद्धताको प्रसंसा गरे । उनले भ्रष्टचार र अनियमतता गर्नेहरुको कहिल्यै भलो नहुने बताए ।
चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले जनताको सहभागितामा उल्लासपुर्ण रुपमा गणतन्त्र दिवस मनाउनु पर्नेमा त्यसो हुन नसकेको बताए । उनले दिवसले भ्रष्टचार रोक्न र भ्रष्टचारीहरुलाई कार्वाहीको दायरामा ल्याउने सदवुद्धी दिलावस भन्ने शुभकामना दिए ।
प्रमुख जिल्ला अधिकारी जयकुमारी घिमिरेले जनताको घरदैलोको सरकार तीन तहको पाउनु र घरघरमा सिंहदरबार आएको भन्नु नै गणतन्त्र भएको बताए । मौलिक हक,सुशासन,पारदर्शीता कायम गरेर अझै बलियो व्यवस्थाको रुपमा स्थापित गर्न सबैको हातेमालो आवश्यक रहेको उनको भनाई थियो ।
जिल्ला समन्वय समितिका सदस्य गोविन्द शाहीले गणतन्त्र प्राप्तिको लागि गरेको आन्दोलनमा आफुले कर्मचारीको जागिर सम्म त्याग गर्नु परेको अनुभव सुनाए । नेकपा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महत विगत बर्षहरुमा मुर्ति कान्ड, चरेस कान्ड, हत्या कान्ड जस्ता घटना हुदां नारायणी जानुपर्ने अवस्था रहेको स्मरण गर्दै अहिले घर आंगन, टोल र पालिकामा पुगेको बताए ।
पुर्व सांसद देबिलाल थापाले पहिले बन्द कोठामा लुकिछिपि कार्यक्रम गर्ने अवस्था रहेको बताए । अहिले खुल्ला मन्चमा कार्यक्रम हुंदा पनि सहभागीता कम भएकोमा दु:ख पोखे । गणतन्त्र लाई आत्मसात गर्नुपर्ने र गणतन्त्रको मर्म भनेको आ आफ्नो निकायमा काम गर्नु भएकोमा जोड दिए ।
संविधानसभा सदस्य डिल्लीप्रसाद काफ्लेले गणतन्त्र आईसकेपछि राजा मार्ने हत्यारा र मदन भन्डारी मार्ने हत्यारा पता लगाउनु पर्ने बताए । पुर्वमन्त्री बलबहादुर महतले सरकारी जागिर राजिनामा दिएर बहुदलको प्रचारमा लागेर गणतन्त्र आएको बताए ।

सम्बन्धित शीर्षक