भगवती आधारभुत विद्यालय जातिभिडमा पोषण कर्नर स्थापना

लक्ष्मी न्यौपाने,जुम्ला ।
जुम्लाको चन्दननाथ नगरपालिका ८ जातिभिडमा अवस्थित भगवती आधारभुत विद्यालयमा पोषण कर्नर स्थापना भएको छ । चन्दननाथ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको सहयोग र विद्यालयको समन्वयमा पोषण कर्नर स्थापना भएको हो ।
विद्यालयमा करेशाबारी स्थापना सन्तुलित खाजा व्यवस्थापन सम्वन्धि प्रयोगात्मक अभ्यास सचेतनामुलदक कार्यक्रमको आयोजना गरेर पोषण कर्नरको स्थापना गरिएको छ । यसले विद्यालयको खाजा व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख खडानन्द चौलागाइले खडानन्द चौलागाइले सबै विद्यालयमा पोषण कर्नर राख्न नसकिने बताए । जुन विद्यालयले पोषणका क्रियाकलापमा अग्रसरता दिन सक्छ । बालबालिकोको पोषण अवस्थामा चासो राख्दछ । त्यही विद्यालयमा पोषण कर्नर स्थापना गरिन्छ । उनले भने,‘प्रधानाध्यापकले ह्याण्डल गर्न सक्ने,विद्यार्थी,शिक्षक,अभिभावक र विद्यालय व्यवस्थापन समितिको जागरुकता भएको विद्यालय भएकोले पोषण कर्नर स्थापना गरिएको हो । ’
पोषण कर्नर स्थापना गर्नु अघि करेशाबारी सम्वन्धि क्लास लिइएको थियो । कृषि शाखाका प्रास दिपक आचार्यले पोषण कर्नर बारे सहजीकरण गरेका थिए । विद्यालयको अस्तित्व रहन्जेल सम्म पोषण कर्नर रहनेछ । पोषण कर्नर भित्र आफ्ना पोषिला उत्पादनहरु राखिने छ । जसका लागि करेशाबारी स्थापना गर्दा चाहिने सबै सामाग्रीहरु प्रदान गरिएको छ ।
पहिलो पटक पोषण कर्नर बारेमा तालिम प्राप्त गर्न पाउँदा स्थानीयले खुसी पोखे । विकट क्षेत्रमा कुनै पनि कार्यक्रमहरु पुग्दैनन् भन्ने सोच थियो । पहिलो पटक गाउ“मै पुगेर पोषण कर्नरका बारेमा तालिम पाएका र्छौ । निकै उत्साहित छौं,सहभागिहरुले भने,‘यसप्रति विद्यालय परिवार,अभिभावक संघ,विद्यार्थीहरु सबै खुसी छौं । सबै मिलेर आकर्षक करेशाबारी बनाएर पोषण बस्तुको संकलन र प्रयोग गर्नेछौं । ’
भावना खत्री र शिक्षा युवा तथा खेलकुद शाखाका प्रास उमादेवी उपाध्यायले प्रशिक्षण दिएका थिए । प्रधानाध्यापक भिमबहादुर थापाले पोषण कर्नरको स्थापनाले हौसला मिलेको बताए । उनले अब कुनै पनि बालबालिका कुपोषित खाजा नास्ता खाने छैनन् । रैथाने पोषिलो खानेकुरा खानको लागि पोषण कर्नरले सहयोग गर्ने देखिन्छ ।

सम्बन्धित शीर्षक