आगामी वैशाख ११ गते जुम्ला रारा म्याराथन हुने

लक्ष्मी न्यौपाने ,जुम्ला ।
कर्णालीको पर्यटन प्रवद्र्धनको लागि आगामी वैशाख ११ गते जुम्ला रारा अल्ट्रा म्याराथन आयोजना हुने भएको छ । जुम्ला सदरमुकाम खलंगाको शुन्य प्वाइन्ट चन्दननाथ मन्दिर देखि रारातालको छेउ हुटु सम्मको ४९ किलोमिटर दुरीमा जुम्ला रारा अल्ट्रा म्याराथन हुन लागेको छ । कर्णाली स्पोर्टस क्लब जुम्लाले पत्रकार सम्मेलनको आयोजना गरेर लोकतन्त्र दिवसको अवसरमा जुम्ला रारा अल्ट्रा म्याराथन आयोजना हुने जानकारी दिएको हो ।
क्लबका अध्यक्ष सरोज शाहीले म्याराथनले कर्णालीको पर्यटन प्रवद्र्धनका साथै पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारमा टेवा पुग्ने बताए । उनका अनुुसार शुन्य प्वाइन्ट खलंगा देखि सुरु भएर डा“फे लेक,न्यौरीघाट,चौथा,डाब,चुचेमारा,मिलीचौर हुदैं रारातालको छेउ हुटुमा पुगेर अन्तिम बिन्दु तोकिएको छ ।
म्याराथनमा विभिन्न विधामा गरेर २८ जना खेलाडीलाई पुरस्कृत गरिने समेत आयोजकले जनाएको छ । खेलाडीले अनलाइनबाटै नाम दर्ता गराउन सक्ने र क्युआर कोर्डबाटै शुल्क रकम भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ । विदेशी खेलाडीका लागि ७ हजार,नेपाली धावकका लागि ३ हजार शुल्क तोकिएको छ ।
म्याराथनमा प्रथम हुनेलाई एक लाख प्रमाणपत्र र मेडल,द्धितीय हुनेलाई ७५ हजार नगद प्रमाणपत्र र मेडल,तृतीय हुनेलाई ५० हजार नगद प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । यसैगरी चौथो र पा“चौ हुनेलाई बिस बिस हजार नगद प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजक कर्णालस् स्पोर्टसका अध्यक्ष शाहीले जानकारी दिए ।
गिनिज बुक अफ वल्र्ड रेकर्डर एभरेष्ट म्यारथन ह्याट्रिकर हरि बहादुर रोकायको संरक्षणमा म्याराथन हुन लागेको हो । जुम्लालाई उच्च पर्वतीय खेलकूद प्रशिक्षण केन्द्रका रुपमा विकास गर्ने र खेलकदको महत्वबारे जनचेतना अभिबद्धि गराई समग्र समाजमा खेल संस्कृतिको विकास म्याराथन आयोजना गर्न लागिएको धावक हरीबहादुर रोकायाले बताए ।
अल्ट्रा म्याराथन भनेको प्रकृतिका सबै पक्षहरूमा साहसिक अनुभव गर्ने बिषय हो । अल्ट्रा दौडनेहरुले आफनो सीमा र समुदायको भावना खोज्छ । यो सूर्यास्तमा रमाइलो गर्ने गाउ“मा रमाउने, पहाडमा दौडदै र प्रवाहको अवस्थामा पुग्दा शान्तिको आनन्द लिने अवस्था हो । धावक रोकायाले भने,‘ विश्वमा हिमाली तथा पहाडी क्षेत्रमा आयोजना हुदै आएका यस्ता साहसीक खेलकुद प्रतियागिता गर्ने मध्ये जुम्ला पनि उच्च संवभान भएको जिल्लाको रुपमा चिनाउने देखिन्छ ।
कर्णाली रोगभोक,अनिकालका रुपमा चिनियो तर पयार्य पर्यटनका हिसावले पनि उत्तिकै शक्ति शाली छ भन्ने प्रमाणित म्याराथनले गर्ने उनको विश्वास छ । यसअघि तीन वटा म्याराथनका इभेन्ट भइसकेको छ । हरेक प्रतियोगितामा ३ सय देखि ४ सयको हाराहारीमा जुम्ली र मुगाली खेलडाी मात्र नभएर देशका १८ जिल्लाको साथै बेलायत नेदरल्याण्ड, भारत इटाली अमेरिका बाट खेलाडीहरु सहभागी भएका थिए । यस वर्ष चौथो जम्ला गरा अल्ट्रा म्यारथनमा झण्डै २ हजार खेलाडी सहभागी गराउने लक्ष्य छ ।
म्याराथन संगै १६ बर्ष मुनिको ५ किलोमिटर दौड,५ किलोमिटरको कर्मचारी तथा ब्यापारी तर्फको दौड र अभिभावकको सहमतिमा १० बर्ष मुनिका बालबालिकाको लागि एक किलोमिटर दौडको समय आयोजना हुने छ । म्याराथनको लागि स्थानीयतह,कर्मचारीहरु,गैरसरकारी संस्था,उद्योग बाणिज्य संघ,नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी लगायतका खेलकुद प्रेमीहरुले सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरेका छन । म्याराथनको लागि २२ लाख रुपैया“ लाग्ने अनुमान गरिएको छ । प्रायोजकहरु खोज्ने कार्य सुरु भएको अध्यक्ष शाहीले जानकारी दिए ।
क्याप्सन: वैशाख ११ गते आयोजना हुने जुम्ला रारा अल्ट्रा म्याराथनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन । तस्बिर : डीबी/कान्तिपुर

सम्बन्धित शीर्षक